- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देहीको भैरहवामा सञ्चालन भैरहेको अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगितामा आज २०७९ पुस ८ गते शुक्रवारदुई खेल हुदैछ ।
सिद्धार्थ रंगशालामा पहिलो खेल बिहान सेन्ट जोशेफ कलेज र शान्ति नमुना उच्च माबि बिच तथा दोश्रो खेल दिउसो नेपथ्य कलेज र सिद्धार्थ इन्टरनेशनल कलेज बिच हुने रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुंगले बताए । यस अघि हिजो बिहीबार सम्पन्न दुई खेलमा लीलाराम न्यौपाने उच्च माबि र लुम्बिनी इन्जिनियरिङ कलेज बिजयी भई अघिल्लो चरणमा प्रबेश गरेका छन् ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने र प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितामा साई ग्लोबल एकेडेमी मुख्य प्रायोजक रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.