- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
रुपन्देही क्रिकेट संघको आयोजनामा रुपन्देहीको भैरहवामा सञ्चालन भैरहेको अन्तर कलेज ‘साई ग्लोबल कप–२०७९’ टि–२० क्रिकेट प्रतियोगितामा आज २०७९ पुस १० गते आइतबार २ खेल हुदैछ ।
सिद्धार्थ रंगशालामा पहिलो खेल बिहान ९ बजे सिसिटी कलेज बुटवल र जेसिस उच्चमाबि भैरहवा भैरहवा बिच तथा दोश्रो खेल दिउसो १ बजे राममणी क्याम्पस मणिग्राम र काशि नोबल एकेडमी भैरहवा बिच हुने रुपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुंगले बताए ।
साईग्लोबल बि र होराईजन जिबिएस अघिल्लो चरणमा
यस अघि हिजो शनिबार सम्पन्न दुई खेल मध्ये पहिलो खेलमा साईग्लोबल एकेडेमी ‘बी’ले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई ९ विकेटले पराजि गर्दै अघिल्लो चरणमा स्थान सुरक्षित गरेको छ भने दोश्रो खेलमा होराईजन जिबिएसले कालिका उच्च माबिलाई ५ विकेटले पराजित गरेको थियो ।
पहिलो खेलमा खेलमा टस जितेर ब्याटिङ गरेको बौद्ध विश्वविद्यालयले निर्धारित खेलमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार गरेको थियो । उसका लागि विशाल भुसालले ५२ र सूर्य पोखरेलले १२ रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्ने सकेनन् । बलिङमा साईग्लोबलका रितेश भुजले ३, इमरान खान र अभिषेक कोहाँरले समान २–२ तथा मोहम्मद हुसेन र सामोद पौडेलले १–१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको साईग्लोबल ‘बी’ले १६ ओभर २ बलमा १ विकेटको नोक्सानीमा १ सय १२ रन बनााउँदै जित निकाल्यो । उसको जितमा इमरान खानले ९९ रन बनाए । उनी म्यान अफ द म्याच भई पुरस्कृत भए । यस्तै, मर्नाल गुरुङले १० रन बनाए । बलिङमा बौद्ध विश्वविद्यालयका विशाल भुसालले १ विकेट लिए ।
त्यसै गरी दोश्रो खेलमा टस जितेर ब्याटिंग गरेको कालिकाले २० ओभरमा ६ विकेट गुमाउदै होराइजन समक्ष जितका लागि १३५ रनको लक्ष्य दिएकोमा होराईजनले सो लक्ष्यलाई १९ ओभर ४ बलमा ५ विकेटको क्षेतिमा १३५ रन बनाउदै बिजयी भयो । होराईजनको जितमा सन्तोष साउदले सर्बाधिक ७६ रन बनाउदै म्यान अफ द म्याच बाट पुरस्कृत भए भने बिशन डुम्रेले २४ बिपरशन केसीले १४ र बाबुराम क्षेत्रीले ११ रनको योगदान दिएका थिए ।
बलिंगमा कालिकाका शिब कुमार मौर्यले २ विकेट लिदा सुभाष बिके र सम्राट थापाले समान एक एक विकेटमा चित्त बुझाए । कालिकाका लागि शिब कुमार मौर्यले ७६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । सन्तोष पौडेलले २४ रन बनाए । होराईजन जिबिएसका राहुल प्रजापति, अभिष कुमार लोध, र सुभम खनालले एक एक विकेट लिएका थिए ।
पुस १६ गतेसम्म चल्ने प्रतियोगितामा रुपन्देहीका निजी तथा सामुदायिक गरी २० वटा कलेजको सहभागिता छ । प्रतियोगितामा बिजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपबिजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५ हजार रुपैयाँ, बेष्ट ब्याटर तथा बेष्ट बलरले जनही २ हजार ५ सय तथा प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँले पुरस्कृत गरिने र प्रतियोगितामा अनुशासित एक टिमलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएका छन् । प्रतियोगितामा साई ग्लोबल एकेडेमी मुख्य प्रायोजक रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.