- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
बिश्व फुटबल जगतका सर्बमान्य एवं सदाबहार खेलाडी कालो मोतीका रुपमा बिश्व प्रसिद्ध ब्राजिली लेजेन्ड पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति ब्राजिलको साओ पाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो । अस्पतालले पेलेको मल्टी अर्गान फेल भएका कारण निधन भएको जनाएको छ।
केही वर्षयता किड्नी र प्रोटेस्टको समस्यासँग जुधिरहेका पेलेलाइ पछिल्लो समयमा क्यान्सर समेत देखिएको थियो। क्यान्सरकै केमो थेरापीका लागि उनी पछिल्लो एक महिनायता अस्पतालमा रहेका थिए । उपचारकै क्रममा उन्को बिहीबार राती निधन भएको् हो । पेलेको २०२१ को सेप्टेम्बरमा पेटको शल्यकृया गरिएको थियो । पेलेकी छोरी केलि नासिमेन्तोले समर्थकलाई सामाजिक सञ्जालमार्फत आफ्नो बुवाको स्वास्थ्य अवस्था अपडेट गराउँदै आएकीमा आफनो बुवाको निधन भएको भन्दै श्रद्धाञ्जली दिदै एक तस्बिर पोष्ट गरेकी थिईन् । छोरीले लेखेकी छिन्, ‘हाम्रो लागि सबथोक दिएकोमा धन्यवदा, हामी सदा माया गरिरहने छौं। हार्दिक श्रदाञ्जली।’। पेलेको पुरानाम एडिसन आरन्तेस डो नासिमेन्तो हो ।
पेलेले विश्वमा सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका छन्। उनले आफ्नो २१ वर्षे फुटबल करिअरमा १३६३ खेलमा कीर्तिमानी १२८१ गोल गरेका छन् । उनले आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।
फुटबलमा जादुगर छवि बनाएका पेले विश्वकप फुटबलको उपाधि तीनपटक जित्ने एक्ला खेलाडी समेत हुन् । उनले १९५८, १९६२ र १९७० को विश्वकप ब्राजिललाई जिताउँदा मुख्य भुमिका खेलेका थिए। पेलेलाई फिफाले सन् २००० मा प्लेयर अफ द सेन्चुरीको उपाधि दिएको थियो।
ब्राजिलको सानो सहर मिनास गेराइसमा २३ अक्टोबर, १९४० मा उनको जन्मिएका उनका पिता क्लब स्तरका खेलाडी थिए, आमा गृहिणी थिइन् । आमा बुबाले उनको नाम एडिसन राखेका थिए । ‘पेले जन्मने बेला शहरमा बिजुलीको बल्ब पुगेकाले त्यसबेला बल्बको उज्यालोको प्रभावले बल्व बनाउने थोमस एल्वा एडिसनको नामको एक भाग एडिसन राखिएको हो ।
।
Get real time update about this post categories directly on your device, subscribe now.