- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा ।
भैरहवामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताहुने भएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजनामा फागुन ५ देखि ७ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नगरस्तरीय व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा छात्र–छात्रा तर्फ भलिबल, कबड्डी, एथलेटिक्स र मार्शल आर्ट खेल हुने सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले जानकारी दिए । प्रतियोगितामा सहभागिताकालागि नगरमा रहेको सबै विद्यालयहरुलाई अनुरोध गरिएको उनले बताए ।
‘नगरमा सामुदयिक, निजी, धार्मिक गरेर कुल ७२ वटा विद्यालय छन्’ उनले भने, ‘हामीले सबैलाई अनुरोध गरिसकेका छौँ, अधिकांशविद्यालयहरु सहभागीहुने अपेक्षा छ ।’
प्रतियोगितामा एथलेटिक्स अन्र्तगत छात्रा तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीनहजार, चार हजार एक सय, चार हजार चार सय मिटर र छात्र तर्फ एक सय, दुई सय, चार सय, आठ सय, एक हजार पाँच सय, तीनहजार, चार हजार एक सय, चार हजार चार सय मिटर रिले दौड हुनेछन् ।
त्यस्तै छात्रा तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सय ग्राम), सटफुट (८ पाउन्ड) र छात्र तर्फ हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो (८ सयग्राम), सटफुट (१२ पाउण्ड) पनि खेल हुने बताइएको छ ।
यस्तै मार्शल आर्ट अन्र्तगत तेक्वान्दो खेलको छात्रा तर्फ अन्डर ४२ के.जी, ४४ के.जी, ४६ के.जी र छात्र तर्फ अन्डर ४५ के.जी, ४८ के.जी, ५१ के.जीतौल समूहका खेलाडी सहभागीहुने सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानह्वी पाण्डेले बताइन् ।सो क्रममा कराँते खेल प्रदशनीको रुपमा समेत खेलाइने छ ।
‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधी अनुसार प्रतियोगिता संचालन गर्ने नगरस्तरीय समितिले निर्णय गरेको छ’ उनले भनिन्, ‘सोही कार्यविधी अनुसार प्रतियोगिता संचालन हुनेछ ।’
उनका अनुसार प्रतियोगितामा सहभागीहुने खेलाडीको उमेर १८ वर्ष ननाघेको, भलिबल र कबड्डी खेलमा सहभागी हुने खेलाडीहरु फरकफरक हुने पर्ने, अन्तराष्ट्रिय खेल खेलका खेलाडीलाई खेलमा समावेश नगरिने लगायत प्रतियोगिताको कार्यविधि अनुसार हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेका खेलाडीहरु राष्ट्रिय स्तर खेलमा सहभागी हुनका लागि लुम्बिनी प्रदेशमा हुने खेलमा सहभागी भई छनौट हुने नगरपालिकाका शिक्षा शाखाका नायब सुब्बा कृष्ण पोखरेलले बताए ।
प्रतियोगतामा प्रथम हुने टिम र खेलाडीलाई राष्ट्रपति रनिङ शिल्ड, ट्रफि, मेडल, प्रमाण पत्र, द्वितीय र तितृय विजेतालाई ट्रफि, मेडल, प्रमाण प्रदान गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.