- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
रुपन्देही क्रीकेट संघको आयोजनामा नेपाल टेलिकम रुपन्देही सुपर लिग क्रीकेट प्रतियोगिता माघ २८ गते सनिवार बाट सुरु हुने भएको छ ।
संघले शुक्रवार लुम्बिनी प्रेस क्लबमा पत्रकार सम्मेलन गरि प्रतियोगिता बारे जानकारी गराएको हो । भैरहवाको सिद्धार्थ रंगशालामा आयोजना हुने प्रतियोगी माघ २८ बाट सुरु भइ चैत २ गते सम्म सन्चालन हुने र प्रतियोगितामा ए डिभिजनका ८ र बि डिभिजनका १२ गरि २० टिमको सहभागीता रहेको संघका अध्यक्ष हरि थापाले पत्रकार सम्मेलनमा जानकारी दिए ।
सुरु मा बि डिभिजन बिच खेल हुने र बि डिभिजन बाट ४ टिम ए डिभिजनमा प्रवेश गर्नेछन ।अन्तिम लिगमा १२ टिम बिच सुपर लिग हुने थापाले बताए । प्रतियोगितामा बिजेताले १ लाख रुपैयाँ र ट्रफि तथा उप बिजेताले ५० हजार र ट्र्फि प्राप्त गर्नेछ्न ।प्रतियोगितामा म्यान अफ द सिरिज १५ हजार रुपैया ,बेस्ट ब्याटर , बेस्ट बलर, र उदयमान खेलाडीले जनही ५ हजार रुपैया तथा प्रत्येक दिनका म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्ने संघका सचिब सन्जय गुरुङले बताए ।
प्रतियोगिता अबधिभर रंगशालामा कुनै घटना भए १ लाख रुपैयाँ सम्मको दुर्घटना बिमा संघले सगरमाथा इन्स्योरेन्स कम्पनी सङ गरेको छ। बिमा सम्पुर्ण खेलाडी ,अफिसियल र कार्यसमिति सदस्यको गरिएको छ।
प्रतियोगितामा ए डिभिजन तर्फ वेस्टर्न क्रिकेट क्लब बुटवल, न्यु होराइजन क्रिकेट क्लब बुटवल , लुम्बिनी खुकुरी क्लब, बेलहिया,तिलोत्तमा क्रिकेट क्लब, मणिग्राम ,एक्स्पर्ट जी आर बेलबास,तिरुपति क्रिकेट क्लब भैरहवा, मेलबर्न क्रिकेट क्लब भैरहवा,बुद्ध क्रिकेट क्लब भैरहवा रहेका छन भने बी डिभिजनमा नेपथ्य ज्ञानोदय क्रिकेट क्लब नया मिल,शंकरनगर क्रिकेट क्लब, शंकरनगर, गोलपार्क क्रिकेट क्लब, बुटवल, बुटवल युथ क्रिकेट क्लब बुटवल ,साई ग्लोबल एकेडेमी, भैरहवा,लुम्बिनी शाक्यान क्रिकेट क्लब लुम्बिनी,प्रोफेसनल मास्टर्स एधार भैरहवा , स्टार क्रिकेट क्लब पडसरी, सैनामैना क्रिकेट क्लब, सेनामैना,बुटवल एघार बुटवल ११. बुटवल राएनोज बुटवल, देवदह क्रिकेट युनिट देवदह रहेका छ्न ।
प्रतियोगिताको प्रमुख प्रायोजक नेपाल टेलिकम तथा संरक्षक सिद्धार्थनगर नगर पालिका रहेको प्रतियोगिता संयोजक धिरज अधिकारी क्षेत्रीले बताए ।
प्रतियोगिताको बिजेता पुरस्कार रकम एक लाख रुपैयाँ एभरेस्ट कत्था मिल तथा उप बिजेता पुरस्कार रकम रु ५० हजार रुपैया रुपन्देही क्रीकेट संघका सस्थापक अध्यक्ष एव बाइक ज्वेलर्सका प्रबन्ध निर्देशक प्रेम कुमार सेन्चुरिले गरेका छ्न ।
Get real time update about this post categories directly on your device, subscribe now.