- श्रीन्यूज ओके रिपोर्टर
बुटवल ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ । बुटवल ११ देवीनगरका मल्ललाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले दोसल्ला ओढाएर सम्मानपत्र र नगद ५० हजारसहित प्रदान गरेका हुन् । कार्यक्रममा क्रिकेटका पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शक्ति गौचन र मल्लकी आमा शर्मिला मल्ललाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
सम्मानपछि बोल्दै नगरप्रमुख खेलराज पाण्डयले कुशल मल्लले क्रिकेटमा गरेको उपलब्धिले बुटवलकै प्रतिष्ठा बढेको बताए । सो क्रममा नगर प्रमुखले नगरमा खेलकुद क्षेत्रको विकासको लागि ३ करोड भन्दा बढी बजेट विनियोजन गरिएको भन्दै खेल पूर्वाधारका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताएका थिए ।
(माथिको समाचार २०७९ चैत्र ९ गतेको न्यूज ओके साप्ताहिकमा प्रकाशित छ)
Get real time update about this post categories directly on your device, subscribe now.