- श्रीन्यूज ओके रिपोर्टर
बुटवल ।
लायन्स क्लब अफ सिद्धार्थनगर युथको आयोजनामा भैरहवामा भएको लायन्स कर्पोरेट फुटसल प्रतियोगिताको पहिला संस्करणको बिजेता सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघ बनेको छ । शनिबार भैरहवा फुटसल ग्राउण्डमा सम्पन्न फाइनलमा महालक्ष्मी बैंक लिमिटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै संघले उपाधि सहित १५ हजार रुपैयाँ पुरस्कार जितेको छ ।
उपविजेता महालक्ष्मीले १० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेता र उपविजेता टिम साथै उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता लायन्स डिष्ट्रिक ३२५ पी एरिया ५ का चिफ संगम न्यौपाने, लायन्स सिद्धार्थनगर युथका पूर्व अध्यक्ष धिरज मल्लिक, असिम सैंजु, शुभ सौभाग्य टे«डिङ प्रा।लि।का प्रबन्ध निर्देशक विष्णु शर्मा, लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशल डिष्ट्रिक ३२५ पीका संस्थापक गभर्नर नवराज न्यौपानेले लायन्स सिद्धार्थनगर युथले सम्पादन गर्दै आएको सामाजिक कार्यसँगै बिभिन्न रचनात्मक कार्य प्रशंसनीय रहेको बताएका थिए ।
प्रतियोगितामा आयोजक सहित ८ वटा टिमको सहभागीता रहेको लायन्स सिद्धार्थनगर युथका अध्यक्ष अनित कुमार गुप्ताले बताए ।
(माथिको समाचार २०७९ चैत्र ९ गतेको न्यूज ओके साप्ताहिकमा प्रकाशित छ)
Get real time update about this post categories directly on your device, subscribe now.