श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
ओमसतिया गाउँपालिका अध्यक्ष कप क्रिकेट प्रतियोगिताको उपाधि ओमसतिया गाउँपालिका वडा नम्बर ५ ले जितेको छ । विहीवार गाउँपालिकाको वडा नम्बर २ केउटलिया कर्मडाडा स्थित खेलमैदानमा सम्पन्न फाइनलमा ओमसतिया गाउँपालिका वडा नम्बर २ टिम लाई १ विकेटले पराजित गर्दै अध्यक्ष कपको पहिलो शंस्करण वडा ५ ले जितेको हो ।
टस जितेर वार्डनम्बर ५ले क्षेत्र रक्षण (फिल्डींग) गर्ने निर्णय गरेको थियो । उसले जितका लागि पाएको ११५ रनको लक्ष्यलाई निर्धारित १५ ओभरको खेलमा अन्तिम बल बाँकी छदा १ विकेटको रोमाञ्चक जित निकाल्दै उपाधि चुमेको हो । वडा नम्बर ५ ले उपाधि सहित ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर २ ले ३० हजार रुपैयाँ र ट्रफी प्राप्त गरेका छन् ।
वडा नम्बर ५ को जितमा बिजय यादवले सर्वाधिक ३० रन प्रहार गरे भने बिरु चौधरीले २३, सोनु हरीजनले २१ तथा सुनिल चौधरीले १३ रनको योगदान दिएका थिए । बलिङ्गमा वडा नम्बर २ का तुल बहादुर थापा, बसन्त चौधरी र राकेश गुप्ताले समान २।२ विकेट लिएका थिए ।
यस अघि टस हारेर ब्याटिङ्ग गर्ने निम्तो पाएको वडा नम्बर २ ले निर्धारित १५ ओभरमा १ सय १४ रनको योगफल तयार गरेको थियो । जसमा राकेश गुप्ताले २६, बसन्त चौधरीले २५, तुल बहादुर थापाले १८, गोबिन्द मल्लाहले १३ रन बनाएका थिए । बलिङ्गमा वडा नम्बर ५ का सुनिल चौधरी, बिजय यादव, सन्तोष शाहनीले समान २।२ विकेट लिदा दिनेश राई, बिरु चौधरीले एक एक विकेट लिएका थिए ।
फाइनल खेलमा म्यान आफ द फाइनल वडा नम्बर ५ का बिजय यादव भए । अनुशासित टिमको पुरस्कार ओमसतिया गाउँपालिकाको कर्मचारी टिम एले प्राप्त गर्न सफल भयो । प्रतियोगितामा म्यान अफ द सिरीजको ५ हजार रुपैयाँ सहितको उपाधि वडा नम्बर २ का तुल बहादुर थापाले प्राप्त गर्दा वडा नम्बर २ कै खेलाडीहरु अजय यादवले ३ हजार रुपैयाँ सहितको उत्कृष्ट क्षेत्ररक्षण (फिल्डींग) पुरस्कार, तुल बहादुर थापाले ३ हजार रुपैयाँ राशीको उत्कृष्ट ब्याट्सम्यान एवं अभिषेक कोहारले ३ हजार रुपैयाँ राशीको उत्कृष्ट बलर घोषित भई पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा लगातार तिन छक्का प्रहार गर्ने खेलाडीहरु तुल बहादुर थापा ५ पटक(वडा २), लाल बहादुर अधिकारी २ पटक(वडा १), बिजय यादव १ पटक तथा हैट्रिक विकेट, ( वडा ५), धनञ्जय धवल २ पटक (वडा ४), सन्देश धवल १ पटक ( वडा ३), सन्जय धवल २ पटक(वडा ३)ले प्रति हैट्रिक छक्का ५ सयका दरले पुरस्कार प्राप्त गरे । त्यसै गरी एक हातले क्याच समात्ने दर्शकहरु पनि जनही २ सय रुपैयाँ पुरस्कारबाट पुरस्कृत भए । पुरस्कार प्राप्त गर्नेमा निरज मौर्य(४ पटक), उपेन्द्र यादव (१ पटक), सुरेन्द्र यादव (१ पटक) छन् ।
बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जीतकुमार यादव (सोनु), उपाध्यक्ष सुनिता चौधरी, प्रमुुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, आयोजक संस्था द राईजिंग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ता लगायतले ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए । ओमसतिया गाउँपालिकाको आर्थिक सहयोगमा द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजनामा चैत्र १ गतेबाट सुरु भएको प्रतियोगितामा ओमसतिया गाउँपालिकाको कर्मचारीको २ टिम सहित सबै ६ वार्डका गरी ८ टिमको सहभागिता रहेको आयोजक संस्थाका अध्यक्ष गुप्ताले बताए ।
समापन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित यादवले गाउँपालिकाले क्रिकेट सहित अन्य खेल गतिविधिलाई प्राथमिकतामा राखेको र गाउँपालिकाको आफ्नै क्रिकेट टिम बनाइने बताए । त्यसै गरी शिक्षा शाखा प्रमुख हरी पोखरेलले सभ्य एवं भब्य तरिकामा क्रिकेट सम्पन्न भएको र खेलाडीले अवसर पाएको बताए । समापन समारोहको सञ्चालन ओमसतिया गाउँपालिकाका कर्मचारी मनोज यादवले गरेका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.