- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको सोमवार सम्पन्न खेलमा विजयी भएको छ । पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा लुम्बिनी ज्ञानज्योती फुटवल क्लब सियारी गाउँपालिका र गोरखा एघार नौतनवा (भारत) बिच भएको प्रतियोगितामा ३–० गोलले पराजित गर्दै लुम्बिनी ज्ञानज्योती क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेल सुरु भएको २८ औं मिनेटमा लुम्बिनीका सनम गुरुङ्ग पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । मध्यान्तर सम्म १—० गोलले अग्रता लिएको लुम्बिनीले ७९ मिनेटमा सनम गुरुङ्ग नै गोल गरी २—० ले अग्रता दिलाए । ८१ मिनेटमा सागर रानाले अर्को गोल थप्दै ३—० गोलले अग्रता दिलाए । खेलमा लुम्बिनीका सनम गुरुङ्गले उत्कृष्ट खेल प्रदर्शन गरे वापत म्यान अफ द म्याच घोषित हुदै १ हजार रुपैया पुरस्कार प्राप्त गरे । उनलाई वडा नम्बर २ का वडा अध्यक्ष छेदिलाल श्रीवास्तवले पुरस्कृत गरे ।
सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेे क्लबका अध्यक्ष युबराज थापाले बताए । मङ्गलवार देवदह ब्वाइज, देवदह नगरपालिका र द राइजिङ्ग क्लब, सियारी गाउँपालिका, कनरी विच प्रतिष्पर्धा हुनेछ । दिनको ठिक ३ बजे सुरु हुने खेलमा प्रबेश शुल्क रु ५० रहेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए । न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राइजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ(पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ्रे एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ्रे क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो ।
Get real time update about this post categories directly on your device, subscribe now.