- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको मङ्गलवार सम्पन्न खेलमा देवदह ब्वाइज विजयी भएको छ । पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा देवदह ब्वाइज फुटबल क्लबले द राइजिङ्ग एफ सी कनरी सियारी गाउँपालिकालाइ ७–० गोल अन्तरले पराजित गर्दै देवदह क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खेलमा देवदहका सुरज सुनारले उत्कृष्ट खेल प्रदर्शन गर्दै ४ गोल गरेका थिए । सुनारले मध्यान्तर अघिको १४ र ३२ मिनेटमा मध्यान्तर पछाडिको ७० र ७५ मिनेटमा गोल गरे । त्यसै गरी विजय गुरुङ्गले ७६ र ८० मिनेटमा तथा सुरज चौधरीले खेलको ५० मिनेटमा गोल गरेका थिए । देवदहका अगाडि द राइजिङ्ग एफ सी निरिह सावित भयो ।
सुरज सुनारले उत्कृष्ट खेल प्रदर्शन गरे वापत म्यान अफ द म्याच घोषित हुँदै १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उनलाई वडा नम्बर ५ का वडा अध्यक्ष पुरन श्रेष्ठले पुरस्कृति गरे । सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेे क्लबका अध्यक्ष युबराज थापाले बताए ।
बुधवार समपूर्ण फुटबल क्लब सुपौली तिलोत्तमा र योङ्ग झरना एफ सी, कुञ्जलापुर बिच प्रतिष्पर्धा हुनेछ । दिनको ठिक ३ बजे सुरु हुने खेलमा प्रबेश शुल्क रु ५० रहेको आयोजकले जनाएका छन् । प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए ।
न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राइजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ(पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ्रे एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ्रे क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो ।
Get real time update about this post categories directly on your device, subscribe now.