- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
माछापुच्छ्रे कप फुटबल प्रतियोगिताको आइतवार सम्पन्न खेलमा फोर ब्रदर्श एफ सी नवलपरासी विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा फोर ब्रदर्शले न्यू सिर्जना फुटबल क्लब करौजिया, तिलोत्तमालाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।
फोर ब्रदर्शका लागि खेल सुरु भएको ९ मिनेटमा प्रकाश पुनले पहिलो गोल गरेका थिए । जीवन पुनले ४० मिनेटमा गोल थप्दै अग्रता २–० बनाए, मध्यान्तर पछिको ४० मिनेटमा मनिष चौधरीले गोल गर्दै फोर ब्रदर्शको अग्रता ३–० बनाउदा ६९ मिनेटमा पुनः चौधरीले नै व्यक्तिगत दोस्रो गोल गरी अग्रता ४–० ले बनाए । ७३ मिनेटमा निशान्त न्यौपानेले गोल थप्दै अन्तर ५–० बनाए ।
खेलमा फोर ब्रदर्श एफसीका मनिष चौधरी उत्कृष्ट खेलाडी घोषित हुँदै १ हजार रुपैयाँ पुरस्कार र मायाको चिनो प्राप्त गरे । उनलाई पूर्व राष्ट्रिय खेलाडी अनुप थापाले पुरस्कृति गरे । सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेे क्लबका अध्यक्ष युबराज थापाले बताए ।
सोमवारवाट क्वाटर फाइनल खेल सुरु हुदैछ । सोमवारको पहिलो क्वाटर फाइनलमा लुम्बिनी ज्ञानज्योति क्लव सियारी गाउँपालिका र योङ्ग झरना फुटवल क्लव कुञ्जलापुर तिलोत्तमा बिच खेल हुदैछ । दिनको ठिक ३ बजे सुरु हुने खेलमा प्रवेश शुल्क रु. ५० रहेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए । न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राइजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ (पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ्रे एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ«े क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो ।
Get real time update about this post categories directly on your device, subscribe now.