- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
लुम्बिनी ज्ञानज्योति फुटबल क्लब सियारी माछापुच्छ्रे कप फुटलबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न क्वाटर फाइनल खेलमा लुम्बिनी ज्ञानज्योतिले योङ्ग झरना स्पोर्टस् क्लब कुञ्जलापुर तिलोत्तमालाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
पक्लिहवा स्थित कृषि क्याम्पसको मैदानमा सम्पन्न खेलमा लुम्बिनी ज्ञानज्योतिका जनम लिगलले ६ मिनेटमा पहिलो गोल गर्दै १–० को अग्रता दिलाएका थिए । मध्यान्तरसम्म १–० रहेको खेलमा मध्यान्तर पछिको ६८औं मिनेटमा लुम्बिनी ज्ञानज्योतिका विशाल शाहीले गोल गर्दै अन्तरलाई २–० बनाए । ८० मिनेटमा आशिष ज्ञवालीले १ गोल गर्दै ३–० को अन्तरले क्लबलाई सेमिफाइनलमा पु¥याए ।
खेलमा लुम्बिनी ज्ञानज्योतिका गोल रक्षक दिपेश परियार उत्कृष्ट खेलाडी घोषित हुँदै १ हजार रुपैयाँ पुरस्कार र मायाको चिनो प्राप्त गरे । उनलाई कृषि क्याम्पस पक्लिहवाका प्रशासकीय प्रमुख माधव ज्ञवालीले पुरस्कृत गरे । मङ्गलवार दोस्रो क्वाटर फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब बेलहिया र देवहद ब्वाइज, देवदह बिच खेल हुने छ । दिनको ठिक ३ बजे सुरु हुने खेलमा प्रवेश शुल्क रु. ५० रहेको आयोजकले जनाएका छन् ।
प्रतियोगितामा रुपन्देही, नवलपरासी र एक भारतीय टिम समेत गरी १६ क्लबको सहभागिता रहेको खेल संयोजक रुद्र बहादुर बिकले बताए । न्यू स्टार एफसी देवकोटा चोक, लुम्बिनी खुकुरी क्लब बेलहिया, देबदह ब्वाइज रुपन्देही, द राइजिङ्ग कनरी, नवयुवा साँस्कृतिक तथा खेलकुद परिवार ठुटीपीपल, भैरव एफसी नयाँ गाउँ (पक्लिहवा), आहाना एफसी देबीनगर, भैरव एफसी नवलपरासी, लुम्बिनी ज्ञानज्योति सियारी, समपूर्ण एफसी सुपौली, योङ्ग झरना एफसी कुञ्जलापुर, माछापुच्छ्रे एफसी झण्डीबजार, फर्साटिकर एफसी फर्साटिकर, न्यू सिर्जना एफसी करौजिया, फोर ब्रदर्श एफसी नवलपरासी तथा गोर्खा इलाभेन नौतनवा (भारत) गरी १६ टिमको सहभागिता छ । सिद्धार्थनगर नगरपालिका वडा नं. २ मा रहेको माछापुच्छ्रे क्लबको आयोजनामा सुरु भएको फुटबलको यो २९ औं संस्करण हो ।
सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको प्रतियोगितामा बिजेता टिमले नगद २ लाख रुपैयाँ र उप बिजेता टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसै गरी प्रत्येक दिन म्यान अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेे क्लबका अध्यक्ष युबराज थापाले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.