- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा (८ भाद्र) ।
पक्लिहवा कृषि क्याम्पस भैरहवामा शुक्रवारबाट सजना स्मृति कप भलिबल प्रतियोगिता सुरु भएको छ । नेपाल विद्यार्थी संघ पक्लिहवा क्याम्पस ईकाइ समितिको आयोजनामा सुरु भएको प्रतियोगितामा रुपन्देही जिल्लाका बिभिन्न कलेजहरुका १६ टिमले भागलिएको प्रतियोगिता संयोजक सुमन अधिकारीले बताए ।
प्रतियोगितामा मणिमुकुन्द कलेज ए र बि टिम, भैरहवा बहुमुखी क्याम्पस, लिलाराम क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, देवदह बहुमुखी क्याम्पस, शहिद नारायण क्याम्पस, लुम्बिनी बाणिज्य क्याम्पस, बुद्ध पब्लिक कलेज, पक्लिहवा कृषि क्याम्पस, पश्चिम मावि, सेन्ट जोसेफ कलेज, लमजुङ्ग क्याम्पस, सिटी कलेज, तथा आयोजकका २ टिम गरी १६ टिम सहभागी छन् ।
३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा बिजेताले ३१ हजार १ सय ११ रुपैयाँ , ट्रफी तथा उपबिजेताले १४ हजार ४ सय ४४ रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । तेश्रो स्थानमा आउनेले ७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको उद्घाटन सिद्धार्थनगर नगर पालिकाका प्रमुख इश्तियाक अहमद खानले एम्पायरलाई बल प्रदान गरी गरे । उद्घाटनका क्रममा नगर प्रमुख खानले शिक्षा, स्वास्थ्य र खेलकुद एक अर्काका पुरक रहेको बताउँदै कलेज स्तरमा हुने प्रतियोगिताको महत्व रहेको र खेलले मानिसलाई अनुसाशित बनाउने जनाए ।
उद्घाटन समारोहमा पक्लिहवा कृषि क्याम्पसका प्रमुख डा.राम भजन मण्डल, नेपाली काँग्रेस रुपन्देही क्षेत्र ३ का सचिव लेखनाथ भट्टराई, सिद्धार्थनगर वडा नम्बर १३ का वडा अध्यक्ष सोम बहादुर गुरुङ्ग, लमजुङ्ग कृषि क्याम्पसका स्ववियु सभापति विरेन्द्र क्षेत्री, पक्लिहवा कृषि क्याम्पसका स्ववियु सभापति प्रबिण भुषाल लगायतले खेलकुद प्रतियोगिताको बारेमा आफ्नो भनाई राखेका थिए ।
नेविसंघ पक्लिहवा कृषि क्याम्पस एकाई समितिका अध्यक्ष प्रविन थापा मगरको सभापतित्व, गंगा भुषालको स्वागत तथा गौरब थापाको सञ्चालनमा प्रतियोगिताको उद्घाटन सत्र सम्पन्न भएको थियो । पक्लिहवा कृषि क्याम्पसमा बिएस्सी एजि तर्फ अध्ययनरत छात्रा सजना श्रेष्ठको २०७६ कार्तिक २२ गते काठमाडांैको ह्याम्स अस्पतालमा उपचारका क्रममा २३ वर्षको उमेरमा निधन भएको थियो । पक्लिहवा कृषि क्याम्पस नेबिसंघ एकाईकी सदस्य रहेकी श्रेष्ठ पढाईसंगै खेलमा पनि लगाव रहेको थियो । उनको स्मृतिमा नेबिसंघले कलेज स्तरीय भलिबल प्रतियोगिता आयोजना सुरु गरेको एकाई अध्यक्ष प्रविन थापा मगरले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.