श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
आज बाट एसिया कप क्रिकेट सुरु हुदैछ । आज प्रतियोगिताको उदघाटन पाकिस्तानको मुल्तानमा हुदैछ । उदघाटन खेलमा नेपालले आयोजक टिम पाकिस्तानसँग खेल्दैछ ।
नेपाल र पाकिस्तानबीचको खेल दिउँसो ३ः१५ मा मुल्तान क्रिकेट रंगशालामा क्रिकेट हुनेछ । नेपालले पहिलो पटक विश्वकप क्रिकेट बिजेता टोली पाकिस्तानसँग खेल्दैछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गदैछन् ।
नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद (विकेटकिपर) र मौसम ढकाल रहेका छन् ।
नेपालले एसिया कप खेल्ने आठौं टोली बन्दैछ । एसोसिएट टोलीमा युएई, हङकङपछि तेस्रो टोली बन्नेछ । पाकिस्तान ओडिआई(एक दिवशिय अन्तर्राष्ट्रिय क्रिकेट) वरियतामा शीर्ष र नेपाल १५ औं स्थानमा छ । पाकिस्तान सन् १९९२ को विश्वकप तथा २००९ को टि२० विश्वकप विजेता हो ।
पाकिस्तानको टिम – फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान(विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
Get real time update about this post categories directly on your device, subscribe now.