- श्री न्यूज ओके रिपोर्टर
भैरहवा, १८ भदौ ।
एसिया कप क्रिकेटमा आज नेपालले छिमेकी देश भारतसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले विश्वकप जितिसकेको भारत सँगको आजको खेललाई पुरै विश्वले नियालिरहेको छ । पहिलो खेलमा पाकिस्तानसँग उसकै गृह क्षेत्रमा पराजित भएको नेपालको आजको खेल प्रतिष्ठासँग जोडिएको छ । नेपाल र भारत बिच श्रीलङ्काको पालेकेले अन्तर्राष्ट्रिय मैदानमा खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे हुँदैछ ।
यो खेलको प्रतक्ष्य प्रसारण इस्टार स्पोर्ट च्यानलबाट हेर्न सकिन्छ । अङ्क तालिकामा भारत एक अङ्कमा छ भने नेपाल अङ्कविहीन छ । यस समूह ‘ए’ बाट पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । आजको खेल जिते नेपालले सुपर फोरमा स्थान बनाउने छ । पालेकेलेमा आज वर्षाको भविष्यवाणी पनि गरिएको छ । वर्षाले खेल रद्द भएमा भारत समूहमा दोस्रो स्थान हुँदै सुपर फोरमा प्रबेश पाउनेछ ।
आज भारत विरुद्धको खेलमा छक्का हाने एक लाख, चौकामा २५ हजार इनाम
अर्ना बियरले एसिया कप क्रीकेटमा आज नेपाल र भारत बिचको खेलमा नेपाली खेलाडीहरुलाई हौसला दिँदै पुरस्कारको घोषणा गरेको छ । यति ब्रुअरी प्रा.लि.को उत्पादन अर्नाले आफ्नो फेसबुक पेज मार्फत पुरस्कार घोषणा गरेको हो । आजको खेलमा भारत बिरुद्ध प्रत्येक छक्का हाने खेलाडिले एक छक्काको एक लाख रुपैयाँ, प्रत्येक विकेटको एक लाख रुपैयाँ र प्रत्येक चौका प्रहारको लागि २५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.