श्रीन्यूज ओके रिपोर्टर। काठमाडौं
लगातार दोश्रो खेलमा जित संगै नेपालले क्यानाडा सितको ओडिआई सिरिज जितेको छ । शनिबार किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालय क्रिकेट मैदानमा सम्पन्न दोस्रो खेलमा नेपालले ४ विकेटको जित हात पाार्दै सिरिज जितेको हो । क्यानडाले प्रस्तुत गरेको २ सय ८६ रनको लक्ष्य नेपालले ४६ औं ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गरेको हो ।
क्यानडाविरुद्ध लगातार दोस्रो जितसँगै नेपालले तीन खेलको श्रृखंला २ : ० ले जितेको छ । पहिलो खेलमा विहीबार नेपाल ७ रनले विजयी भएको थियो । अब अन्तिम खेल सोमबार हुनेछ ।
कप्तान रोहित पौडेल, यू१९ कप्तान देव खनाल र ओपनर अनिल शाहको अर्धशतकको मद्धतले नेपालले सहज जित निकालेको हो ।
रोहितले १ सय १ बलमा ८७ रनको योगदान दिएका थिए । उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।
देवले ८१ बलमा ७ चौका र २ छक्कासहित ७६ रनको योगदान दिए । उनले ५६ बलमा अर्धशतक बनाएका थिए ।अनिलले १९ बलमा अर्धशतक पूरा गरे ।
२० बलमा ७ चौका र ३ छक्कासहित अनिलले ५० रन बनाई आउट भएका थिए ।
भीम सार्कीले २१ बलमा २३ रन बनाए । सोमपाल कामी र कुशल मल्लले नेपाललाई जितसम्म पुर्याए । दुवै जनाले समान ९ । ९ रन (नटआउट) बनाए ।
Get real time update about this post categories directly on your device, subscribe now.