श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
भैरहवामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी जिल्ला स्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता अन्तरगत आज दुई खेल हुदैछ । सिद्धार्थ रंगशालामा हुने २ खेलहरु मध्ये पहिलो खेलमा काशि नोबल एकेडमी र श्री रुपन्देही लिलाराम न्यौपाने उच्च माध्यमिक बिद्यालय बिच तथा दोश्रो खेल होराईजन जिबिएस र देबदह आदर्श क्याम्पस बिच हुने रुपन्देही क्रिकेट संघले जनाएको छ ।
यस अघि हिजो बुधबार सम्पन्न २ खेलमा जेसिस इङ्गलिस बोर्डिङ हाई स्कूल र साई ग्लोबल ‘बी’ बिजयी भएका छन् । भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा जेसिसले लुम्बिनी बाणिज्य क्याम्पसलाई ९ विकेटले तथा .साई ग्लोबलले सहीद नारायण पोखरेल क्याम्पसलाई १८ रनले पराजित गरेका हुन् ।
विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.