श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा सञ्चालन भैरहेको रुपन्देही जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’मा शनिबार सम्पन्न खेलमा सेन्टजोसेफ इङ्गलिस बोर्डिङ स्कुल र राममणि क्याम्पस विजयी भएका छन्। सेन्टजोसेफले लुम्बिनी बुद्धिष्ट क्याम्पसलाई ६ विकेट र राममणिले खुदाबगर आदर्श क्याम्पसलाई ३३ रनले पराजित गर्दै अघिल्लो स्थानमा स्थान सुरक्षित गरेका छन् ।
सिद्धार्थ क्रिकेट मैदानमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको लुम्बिनी बुद्धिष्टले १७ ओभर १ बलमा सबै विकेट गुमाउँदै ८२ रनको सामान्य योगफल बनायो । उसका लागि बिष्णु कटरिया र अमित गौडले समान १५।१५ तथा अजय रसाइलीले १३ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा सेन्टजोसेफका अभिषेख गौतम र कृष्ण गिरीले ३।३ तथा ओसम खान र रञ्जित खत्रीले २।२ विकेट लिए ।
जितका लागी पाएको ८३ रनको लक्ष्यलाई सेन्टजोसेफ १२ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा ८५ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुशान्त खरेलले नटआउट ३४ तथा रञ्जित खत्रीले २३ रन बनाए । बलिङमा लुम्बिनी बुद्धिष्टका अजय रसाइलीले २ तथा बिष्णु कटरिया र दीपेन्द्र कुर्मीले समान १।१ विकेट लिए । खेलमा अभिषेश गौतम म्यान अफ द म्याच भए ।
यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको राममणिले निर्धारित खेलमा ९ विकेट गुमाउँदै १४९ रनको उच्च योगफल बनायो । उसका लागि मनिष थापाले ७८ रनको अर्धशतकीय योगदान गरे । यस्तै यम क्षेत्रीले २९ रन जोडे । बलिङमा खुदाबगरका शिवनाथ यादवले ३, शैलेश यादव र आरिफ खानले २।२ तथा सन्नी चौहान र सम्सु खानले १।१ विकेट लिए ।
जवाफमा मैदान उत्रिएको खुदाबगरले पुरै ओभर खेल्दै सबै विकेट गुमाएर जम्मा ११६ रन मात्रै बनायो र हार ब्यहोर्यो । उसका लागि अयोध्या शाहनीले २५, शैलेश यादवले १९, समीर अली र सुनिल कुर्मीले १२।१२ रन बनाए । बलिङमा राममणिका अशिम भण्डारीले ४, थमन सिंजाली र मनिष थापाले २।२ तथा यम क्षेत्री र एरिक केसीले १।१ विकेट लिए । खेलमा मनिष थापा म्यान अफ द म्याच भए ।
साई ग्लोबल एकेडेमीको प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याट्सम्यानले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिमले प्रतिष्पर्धा गरीरहेका छन्
Get real time update about this post categories directly on your device, subscribe now.