श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
क्रिकेट संघ रुपन्देहीको आयोजनामा भैरहवामा जारी रुपन्देही जिल्लास्तरीय ‘अन्तर कलेज साई ग्लोबल कप टी–२० क्रिकेट प्रतियोगिता’ अनतरगत आज प्रि क्वाटरफाईनल का २ खेलहरु हुदैछ ।
सिद्धार्थ रंगशालामा हुने आजको पहिलो खेलमा सेन्ट जोसेफ मावि र कान्ति मावि बिच प्रतिष्पर्धा हुनेछ , सोहि मैदानमा न्यू होराईजन मावि ए र राममणी क्याम्पस बिच दोश्रो खेल हुने प्रतिष्पर्धा हुने रुपन्देही क्रिकेट संघका अध्यक्ष हरी थापाले बताए ।
यस अघि मंगलबार सम्पन्न दुई खेलमा लीलाराम उच्च मावि र प्यारामाउण्ट इङ्गलिस बोर्डिङ हाई स्कूल विजयी भएका थिए । लीलारामले इडन इङ्गलिस बोर्डिङ हाई स्कूललाई १६ रन र प्यारामाउण्टले होराइजन जीबीएसलाई २६ रनले पराजित गरेका थिए । जित संगै दुबै टिम क्वाटरफाईनल प्रबेश गरेका छन् ।
रुपन्देही क्रिकेट संघको आयोजना तथा साई ग्लोबल एकेडेमीले प्रमुख प्रायोजनमा जारी प्रतियोगिताका विजेता टिमले नगद ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नछ । यस्तै, उपविजेता टिमले नगद २५ हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र, प्रत्येक खेलको म्यान अफ द म्याचले एक हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, म्यान अफ द सिरिजले ५ हजार, बेस्ट ब्याटरले २ हजार ५ सय र बेस्ट बलरले २ हजार ५ सय रुपैयाँका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । यस्तै, एक अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा जिल्लाका विभिन्न कलेजका २६ टिम सहभागी छन् ।
Get real time update about this post categories directly on your device, subscribe now.