श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
साबिक बिजेता लक्ष्मी सनराईज बैंकलाई हराउदै महालक्ष्मी बिकास बैंकले ‘होटल ग्लास्गो इन लियो कर्पोरेट डे नाईट सिक्स ए साईड क्रिकेट’को १६ औं सस्करणको उपाधि जितेको छ ।
भैरहवा स्थित सिद्धार्थ रंगशालामा शुक्रवार मध्यरातमा सम्पन्न फाईनल खेलमा महालक्ष्मीले लक्ष्मी सनराईजलाई ४ विकेट्ले हराउदै उपाधि जितेको हो । लक्ष्मी सनराइज द्वारा जितका लागि प्रस्तुत ७० रनको लक्ष्य महालक्ष्मीले ४ ओभरमै पूरा गरि जित निकाल्यो । महालक्ष्मीको लागि रोशन शर्माले नटआउट ३१ रन बनाए ।
बिजेता महालक्ष्मीले ट्रफी सहित नगद २० हजार रुपैया पुरस्कार प्राप्त गर्दा उप बिजेता लक्ष्मी सनराईजले १० हजार रुपैयामा चित्त बुझायो ।
सेमिफाईनलमा महालक्ष्मीले गरीमा बिकास बैंक लाई ३ विकेटले तथा लक्ष्मी सनराईजले एनएमबि बैंकलाई २६ रनले पराजित गर्दै फाईनलमा प्रबेश गरेका थिए ।
प्रतियोगितामा म्यान अफ द सिरिजका साथै उत्कृष्ट ब्याटसम्यान लक्ष्मी सनराइज बैन्कका महेश शाही घोषित भै पुरस्कृत भए । त्यसै गरि उत्कृस्ट बलर महालक्ष्मी बिकास बैन्कका हरि नारायण चौधरी , सिटिजन बैन्कका रविन्द्र पासवान उत्कृष्ट क्याच,उत्कृष्ट फिल्डर पदम केसि, उत्कृष्ट ड्रेस महालक्ष्मी बैन्क, र अनुशासित टिम नेपाल रास्ट्रबैन्क घोषित हुँदै पुरस्कृत भए भने म्यान अफ द फाइनलबाट महालक्ष्मीका रोशन शर्माले पुरस्कार पाए ।
बिजेता तथा उप बिजेता टिमका खेलाडीहरुलाई प्रमुख अतिथी लायन्स इन्टरनेशनलका पुर्ब गभर्नर अरुण प्रताप राणा, बिशिष्ट अतिथी रुपन्देही प्रहरी प्रमुख रञ्जित सिंह राठौर,आयोजक सस्था लियो क्लव अफ सिद्धार्थनगरका अध्यक्ष मनिष ढकाल , प्रतियोगिता संयोजक इकलाख अहमद, बिनिता थापा लगायतले ट्रफी, नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा होटल ग्लासगो ईन भैरहवा रहेको थियो ।
प्रतियोगितामा साबिक बिजेता लक्ष्मी सनराईज बैंक, नेपाल एसबीआई, महालक्ष्मी विकास, आईसीएफएसी फाइनान्स, सानिमा, नबिल, एभरेष्ट, सेन्ट्रल फाइनान्स, कुमारी, मुक्तिनाथ विकास, नेपाल राष्ट्र बैंक, सिद्धार्थ, एनएमबी, हिमालयन, गरिमा विकास र सिटिजन इन्टरनेशनल बैंक लिमिटेड गरी १६ टिमको सहभागीता थियो ।
Get real time update about this post categories directly on your device, subscribe now.