श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
झरना स्पोर्टस क्लब, कुञ्जलापुर रुपन्देहीको ओमसतिया,कर्मडाडामा सञ्चालन भैरहेको ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बुधबार सम्पन्न प्रिक्वाटरफाइनल खेलमा झरनाले न्यु सृजना युवा क्लब, करौजियालाई ३–२ गोल अन्तरले हराउँदै क्वाटरफाइनल स्थान सुनिश्चित गरेको ।
झरनाका लागि असिम नेपालीले दुई गोल गरे भने थप एक गोल रोशन थापाले गरे । न्यु सृजनाका लागि सुजन थापा र समिर नेपालीले गोल गरेका थिए ।झरनाका असिम नेपाली म्यान अफ द म्याच घोषित भई पुरस्कृत भए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ओमसतिया ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा १२ टोलीहरुको सहभागिता छ ।
Get real time update about this post categories directly on your device, subscribe now.