श्रीन्यूज ओके रिपोर्टर।भैरहवा
‘रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा जारी रुपन्देही सुपर लिग वन–डे क्रिकेट प्रतियोगिता अन्तर्गत डिभिजन ‘बी’ को बिहीबार सम्पन्न खेलमा शंकरनगर क्रिकेट क्लबले लुम्बिनी शाक्यन क्रिकेट क्लबलाई २ विेटकले पराजित गरेको छ ।
सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनी शाक्यनले निर्धारित ५० ओभरको खेलमा २५ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय १० रनको सामान्य स्कोर खडा गर्यो । उसका लागि अहम्मद हुसेनले २७, बैतुल्लाह खाँनले २४, राहत हुसेनले १३ र अब्दुल रबले १२ रन बनाए । बलिङमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्रीले ९ ओभर बलिङ गर्दै २ मेडन ओभर सहित ३७ रन खर्ची ५ विकेट लिए । यस्तै, रुपेश बश्यालले ४ विकेट लिँदा केशब पौडेलले १ विकेट हात पारे ।
जवाफी ब्याटिङ गरेको शंकरनगरले २९ ओभर ४ बलमा ८ विकेटका् नोक्सानीमा लक्ष्य पुरा गर्दै जित निकाल्यो । उसको जितमा रौनक श्रीवास्तबले अर्धशतकीय पारी खेल्दै अविजित ७१ रनको योगदान दिए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । बलिङमा लुम्बिनी शाक्यनका अहम्मद हुसेनले ३, बैतुल्लाह खाँन र आकाश गिरीले समान २–२ विकेट लिए । खेलमा शंकरनगरका महेन्द्र सुवेदी क्षेत्री म्यान अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे
रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले १ लाख १ हजार र उपविजेताले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २ सय रुपैयाँ दिइनेछ । आगामी वैशाख ४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका ‘ए’ र ‘बी’ डिभिजनका २० टीमको सहभागिता रहेको संघका सचिव संजय गुरुङले बताए ।
Get real time update about this post categories directly on your device, subscribe now.