श्रीन्यूज ओके रिपोर्टर । भैरहवा
न्यु राईज युथ क्लब (तिलोत्तमा बभनी) , ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । ओमसतिया २ स्थित कर्मडाँडा खेल मैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा न्यु राईजले समपुर्ण युवा क्लव सुपौलिलाई टाईब्रेकरमा ४-३ गोलले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।
निर्धारीत ८० मिनेटको खेल दुबै टिमले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो । ट्राइ बेकर शुटमा न्यु राईजका गोल रक्षक प्रदिप भण्डारी नायक भए । भण्डारीले समपुर्णका २ प्रहार असफल बनाउदै आफनो टीमलाइ पहिलो पटक फाइनलमा पुरयाउन सफल भए ।
यस अघि न्यु राईजका अभिषेक महतोले मध्यान्तर अघिको २० औं मिनेटमा गोल गर्दै १–०को अग्रता दिलाउन सफल भएका थिए । न्यु राईजको अग्रता धेरै बेर टिक्न सकेन् । ३७ औं मिनेटमा समपुर्णका राम शाहीले पेनाल्टी मार्फत गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याउन सफल भएका थिए । खेलमा न्यु राइज क्लबका गोल रक्षक प्रदिप भण्डारी म्यान अफ द म्याच घोषित भए । उन्लाई आयोजक सस्था श्री नवयुवा खेलकूद तथा सास्कृतिक परिवारका पुर्व अध्यक्ष लक्ष्मण कुमार श्रीसले पुरस्कार प्रदान गरे ।
नवयुवा खेलकूद तथा सास्कृतिक परिवार ओमसतिया – १, ठुटिपिपलको आयोजनामा भइरहेको नवयुवा कप फूटबल प्रतियोगिताको दोश्रो सेमिफाइनल खेल बिहीबार आयोजक संस्था नवयुवा खेलकूद तथा सास्कृतिक परिवार र सन्जिवनी युवा क्लब बागधुरा बिच हुने खेल संयोजक विष्णु वराल मगरले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय बाहिस रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय एघार रुपैयाँसहित प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्। १२ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत १० गते शनिबारका दिन हुनेछ ।
Get real time update about this post categories directly on your device, subscribe now.