श्रीन्यूजओके रिपोर्टर । भैरहवा
सन्जिवनी युवा क्लब बागधुरा, ११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । ओमसतिया २ स्थित कर्मडाँडा खेल मैदानमा बिहीबार सम्पन्न दोश्रोे सेमिफाइनलमा आयोजक समेत रहेको नवयुवा खेलकूद तथा सास्कृतिक परिवार ओमसतिया – १,लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो ।
सन्जिवनीका गणेश हमालले खेल सुरु भएको एक मिनेट नपुग्दै गोल गरेर अग्रता दिलाएका थिए । १–० गोलले अग्रता लिएको २ मिनेटमै सन्जिवनीका अजित लामाको प्रहारले जालि चुम्यो । लामाको गोलले सन्जिवनीको अग्रता २–० भयो । गोल फर्काउन नसके पनि निकै राम्रो खेल पस्केका आयोजकको टिमले मध्यान्तर सम्म गोल फर्काएर खेलमा फर्किन सकेन् । मध्यान्तर सम्म २–० गोलले पछी परेको आयोजकले मध्यान्तर पछिको २१औं मिनेटमा तेश्रो गोल खान पुग्यो । गणेश हमालले गोल गर्दै अन्तर ३–० बनाए । खेलमा गणेशको गोल उन्को दोश्रो ब्यक्तीगत गोल थियो । गणेश अफ दि म्याच घोषित हुदै पुरस्कीत भए । उनलाई आयोजक सस्था पुर्व खेलाडी वीर बहादुर शाही पुरस्कार प्रदान गरे ।
नवयुवा खेलकूद तथा सास्कृतिक परिवार ओमसतिया – १, ठुटिपिपलको आयोजनामा भइरहेको नवयुवा कप फूटबल प्रतियोगिताको फाइनल खेल शनिबार सन्जिवनी युवा क्लब बागधुरा र न्यु राइज युवा क्लब बभनी बीच हुने खेल संयोजक विष्णु वराल मगरले बताए ।दुबै क्लव तिलोत्तमा नगर पालिकाका स्थानिय क्लव हुन् ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय बाहिस रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय एघार रुपैयाँसहित प्राप्त गर्नेछ । साथै विभिन्न विधामा उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् भने दैनिक म्यान अफ द म्याचले नगद १ हजार ५ सय सहित ट्रफी पाउने छन्।
Get real time update about this post categories directly on your device, subscribe now.