श्रीन्यूजओके रिपोर्टर । भैरहवा
११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि सन्जिवनी युवा क्लब बागधुरा(तिलोत्तमा नगर पालिका)ले जितेको छ । ओमसतिया २ स्थित कर्मडाँडा खेल मैदानमा आज सम्पन्न फाईनलमा न्यु राइज युवा क्लब बभनी(तिलोत्तमा नगर पालिका)लाई ३-० गोल अन्तरले हराउदै उपाधि सहित नगद २ लाख २ हजार २ सय बाहिस रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने उपबिजेता न्यू राइजले १ लाख १ लाख १ हजार १ सय एघार रुपैयाँ प्राप्त गरेको छ । सन्जिवनी युवा क्लबलाई उपाधि दिलाउने क्रममा फागु राम थारु नायक रहे । थारुले तिन गोल गरे ।
खेल सुरु भएको ८औं मिनेटमा पहिलो गोल गर्दै थारुले सन्जिवनीलाई १-० गोलले अग्रता दिलाएका थिए । १ गोलले पछि परेको न्यू राइजले गोल फर्काई खेलमा फर्कने केही प्रयास गरे पनि सन्जिवनिका गोलरक्षक निशान रानाले बिफल तुल्याएका थिए । मध्यान्तर सम्म खेल १-० गोल रहयो । मध्यान्तर पछिको २४ मिनेटमा पुनह थारुले अर्को गोल गर्दै खेललाई २-०मा पुरयाए । ईन्जुरी समयमा थप एक गोल गर्दै थारुले सन्जिवनिको जित ३-० गोलले सुनिश्चित गरे ।
थारु सर्बाधिक गोलकर्ता र फाईनलमा पहिलो गोल गर्ने खेलाडीबाट पुरस्कृत भए । त्यसै गरी उत्कृष्ट गोलरक्षकको पुरस्कार सन्जिवनिकै निशान राना, उत्कृष्ट खेलाडीको पुरस्कार समेत सन्जिवनिकै अनुप बुढाले प्राप्त गरे । सबैले जनही ५ हजार रुपैया पुरस्कार प्राप्त गरे ।
बिजयी तथा उपबिजयी टिमका खेलाडीलाई ट्रफी, नगद, पदक र प्रमाणपत्र प्रमुख अतिथी ओमसतिया गाउँपालिकाका प्रमुख मन्जित यादव सोनु, उप प्रमुख सुनिता चौधरी, ओमसतिया गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष बेल बहादुर थापा , रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुन, आयोजक सस्था नवयुवा खेलकूद तथा सास्कृतिक परिवारका अध्यक्ष अध्यक्ष चन्द्र बहादुर गुरुङ, पुर्व अध्यक्ष लक्ष्मण थापा, खेल संयोजक विष्णु वराल मगर लगायतले प्रदान गरे । फागुन २९ गतेबाट सुरु भएको ११ औं नवयुवा कप फुटबल प्रतियोगितामा रुपन्देहीका १२ फुटवल क्लवहरुले भाग लिएका थिए ।
Get real time update about this post categories directly on your device, subscribe now.