• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Tuesday, May 13, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन शनिबार

Shree News Ok by Shree News Ok
२१ चैत्र २०८०, बुधबार १७:०८
1 min read
100 1
97
SHARES
191
VIEWS

श्रीन्यूज ओके रिपोर्टर।भैरहवा


भैरहवा –नेपाल ओलम्पिक कमिटीले विकास र शान्तिको लागि अन्तर्राष्ट्रिय खेलकुद दिवसको दिन अप्रिल ६( चैत्र २४ शनिवार) बुद्ध जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति म्याराथनको आयोजना गर्ने भएको छ ।

बिगत २ वर्ष देखि यो दिवसका दिन निरन्तर कार्यक्रम गर्दै आएको नेपाल ओलम्पिक कमिटीले यस पटक भने दुई दिन तिनवटा कार्यक्रम आयोजना गर्ने सस्थाका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

पहिलो पटक सन् २०२२मा बिश्वशान्ति द्धिप देखि मायादेबी मन्दिर सम्म वाकाथन आयोजना गरेका थियौ भने २०२३मा लुम्बिनी इन्टरनेशनल पिस म्याराथन आयोजना गरयौ र यस पटक पिस म्याराथन संगै अन्य तिन कार्यक्रहरु समेत गरी ‘अन्तर्राष्ट्रिय शान्ति महोत्सव’का रुपमा मनाउन लागिएको श्रेष्ठले बताए । यस पटक कार्यक्रममा हामीहरु संग धेरै सस्थाहरु जेडिन भएको छ, त्यसैले कार्यक्रम बृहत र भब्य हुनेछ, उन्ले भने ।

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विकास गर्दै शान्तिको सन्देश दिने उद्देश्यसहित बुद्ध जन्मस्थलमा कार्यक्रम हुन लागेको हो उन्ले भने । मुख्य दिन बिहान लुम्बिनी इन्टरनेशनल पिस म्याराथन तथा बेलुका लुम्बिनी शान्ति कन्सर्ट हुने तथा पहिलो दिन बिहान (चैत्र २३) लुम्बिनी अन्तर्राष्ट्रिय ध्यान दिवस कार्यक्रम हुने श्रेष्ठले बताए । ओलम्पिक कमिटी संगै, लुम्बिनी प्रदेश खेलकुद परिषद, लुम्बिनी बिकास कोष र नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास आयोजकका रुपमा रहेका छन् ।

यो कार्यक्रमले लुम्बिनीको महत्वलाई विश्वमाझ अझै परिचित बनाउन योगदान दिने विश्वास आयोजकहरुको रहेको छ ।

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्कवायर बाट सुरु भै पुनह त्यही आएर टुंगिने गरी रुट बनाईएको र अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाउने गरी म्याराथनको ४२ दशमलब १९५ मिटर दुरी मापन समेत भएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले बताए । सचिव जयप्रकाश भट्टराईका अनुसार पुरुष तर्फको म्याराथनमा प्रथम हुनेले ५ लाख रुपैया , दोश्रोले ३ लाख रुपैया, तेश्रोले २ लाख, चौथोले १ लाख , पाचौले ८० हजार, छैठौले ६० हजार, सातौले ४० हजार, आठौले २० हजार , नवौले १० हजार र दशौ स्थानमा आउनेले ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

त्यसै गरी महिला तर्फको हाफ म्याराथन(२१.०९७५ मिटर)मा प्रथम हुनेले २ लाख, दोश्रोले १ लाख ६० हजार तथा तेश्रो हुनेले १ लाख २० हजार रुपैया पुरस्कार पाउनेछन् । त्यसै गरी ५ किमीको महिला पुरुषको दौड र विद्यालयका छात्र, छात्राको लागि ३ किलोमिटरको वाकाथन समेत आयोजना हुनेछ । ५ किमी र ३ किमी दुबै स्पर्धाका बिजेताले क्रमश १५ हजार, १० हजार र ५ हजार रुपैया पुरस्कार प्राप्त गर्नेछन् ।

अघिल्लो सस्करणको म्याराथनमा अन्तर्राष्ट्रिय भनिएपनि श्रीलंकाका एकजना मात्रै सहभागी भएकोमा यो पालि नेपाल सहित चीन, पाकिस्तान, श्रीलंका, केन्या लगायत देशका धावकहरु पनि सहभागी हुने आयोजकले बताएका छन् ।

नेपालस्थित चिनियाँ दूतावासका नियोग उपप्रमुख वाङ सिनले लुम्बिनीको प्रबद्र्धनमा सहयोग पुगोस् भन्ने हेतुले आफूहरुले पिस म्याराथन सहित अन्य कार्यक्रममा सहकार्य गरेको जनाए । ‘लुम्बिनी शान्ति क्षेत्र हो, यहाँको थप प्रबद्र्धन र विकास जरुरी छ’, उनले भने, ‘चीन एउटा असल मित्रराष्ट्र भएकाले नेपाल र लुम्बिनीको प्रचार र विकासमा सधैं सहयोगी बन्छ ।’

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको पर्यटकीय विकासमा यो कार्यक्रमले थप प्रबद्र्धन हुने जनाए ।

लुम्बिनी विकास कोषको परिसरमा हुने कार्यक्रम अन्तर्गत चैत २३ गते बिहान लुम्बिनी पवित्र उद्यानमा अन्तर्राष्ट्रिय ध्यान र साँझ संवाद कार्यक्रम राखिएको नेपाल पर्यटन बोर्डका सदस्य सचिव मणिराम लामिछानेले जानकारी दिए ।

भोलिपल्ट चैत २४ गते लुम्बिनी स्क्वायरमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन हुने छ । उसै दिन साँझ लुम्बिनी शान्ति कन्सर्ट आयोजना गरिएको छ । जसमा आनी छोइङ डोल्मा, चिनियाँ गायक उलान तुया, लु निङ लगायतले प्रस्तुति दिनेछन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

समाचार

आज माता तिर्थ औंशी

भैरहवा वरपर

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

समाचार

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

अर्थहवा

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

अर्थहवा

रूपन्देहीका ईट्टा उद्योग सङ्कटमा, बेमौसमी वर्षाले थप समस्या

  • ट्रेंडिंग
  • प्रतिक्रियाहरु
  • भर्खरको पोष्ट

लुम्बिनी वाटर पार्क बैशाख १५ बाट सञ्चालनमा आउने

भारतीय ट्रकको चामल लुटेर चालककै हत्या ४ जना पक्राउ

छिटै निको हुनेछुः आयुषा

रुपन्देहीमा मंगलवारबाट सार्जजनिक यातायात चल्ने, पसलहरु खुल्ने समय अबधि बढ्ने

आज माता तिर्थ औंशी

0

एभरेष्ट बैंकको प्रधान कार्यालय सिल

0

सुनको भाउ एक लाख दुई हजार पाँच सय पुग्यो

0

रोड दुर्घटनामा परेका अफगानिस्तान ओपनर नजिबको निधन

0

आज माता तिर्थ औंशी

मारवाडी सेवा सङ्घ भैरहवाको अध्यक्षमा श्रवण

पत्रकारलाई दुर्व्यवहार र आक्रमणको प्रयास गर्ने यादव पक्राउ

‘मेरो व्यवसाय’ : खाद्य सामाग्री को खरीद बिक्री

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?