• मुख्य समाचार
  • फाेटाे फिचर
  • मौसम
  • सम्पादकीय
Thursday, May 15, 2025
श्री ओके न्युज
Advertisement
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper
No Result
View All Result
श्री ओके न्युज
No Result
View All Result

रुपन्देही सुपरलिग क्रिकेटको उपाधि तिरुपति स्पोर्टसलाई

Shree News Ok by Shree News Ok
५ बैशाख २०८१, बुधबार २१:११
1 min read
267 3
259
SHARES
507
VIEWS

श्रीन्यूजओके रिपोर्टर । भैरहवा


तिरुपति स्पोर्टस क्लव रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । तिरुपतिले यो सहित सुपरलिगको उपाधि सातौ पटक जित्न सफल भएको छ ।

बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा लुम्बिनी खुकुरी क्लबलाई २० रनले पराजित गर्दै तिरुपतिले उपाधि सँगै१ लाख १ रुपैयाँ पाएको छ । उपविजेतामा चित्त बुझाएको लुम्बिनी खुकुरीले ५० हजार १ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ गरेको तिरुपतिले निर्धारित ५० ओभरको खेलमा ४३ ओभर खेल्दै सबै विकेट गुमाएर १ सय ७६ रनको सामान्य योगफल बनाएको थियो । १२ पटक भन्दा बढी पटक रुपन्देही सुपरलिगको बिजेता खुकुरीले उक्त सामान्य योगफल भेट्टाउन सकेन् ।

तिरुपतिको जितमा तुलबहादुर थापाले ४३, आनन्द गौडले ३९, एजाजुल हक हुसेनले ३२, सन्तोष साउदले १२, कमल विकले ११ र संदीप मौर्यले १० रनको योगदान दिए । बलिङमा लुम्बिनी खुकुरीका सन्तोष यादवले ४, शाहब आलमले ३, दुर्गेश गुप्ताले २ र सन्देश जिसीले १ विकेट लिए ।
१ सय ७७ रनको लक्ष्य पछ्याएको लुम्बिनी खुकुरी ४२ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १ सय ५६ रनमा समेटियो र उपाधिबाट चुक्यो । लुम्बिनी खुकुरीलाई सस्तैमा रोक्न बलिङमा तिरुपतिका संदीप मौर्यले १० ओभरमा १ मेर्डन राख्दै ३४ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिए । यस्तै, वसिर अहम्मदले ३ तथा रोहित थापाले १ विकेट हात पारे ।

लुम्बिनी खुकुरीका लागि प्रज्वल थापाले ३६, दुर्गेश गुप्ताले अविजित २७, शाहब आलमले १७, सन्तोष यादवले १५ र धनबहादुर शाहीले ११ रन बनाए । खेलमा तिरुपतिका संदीप मौर्य म्यान अफ द फाइनलबाट पुरस्कृत भए ।

प्रतियोगितामा तिरुपतिका संदीप मौर्य म्यान अफ द सिरीज, तिलोत्तमा क्रिकेट क्लबका आशुतोष पाण्डे उदयीमान खेलाडी, न्यु होराइजनका अमर मिश्रा बेष्ट ब्याटर र लुम्बिनी खुकुरीका अजयकुमार चौहान बेष्ट बलर घोषित हुदै चारैजनाले जनही ५ हजारका दरले पुरस्कार प्राप्त गरे । प्रतियोगिताको बिजेता पुरस्कार एभरेष्ट कत्था मिल ले तथा उप बिजेता पुरस्कार रुपन्देही क्रिकेट संघका सस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरीले सौजन्य गरेका थिए ।

रुपन्देहीका पुर्ब क्रिकेटरहरु अमृत भटराई र बसन्त रेग्मी एवम ई–ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले पनि उत्कृष्ट खेलाडी एवं बिजेता टिमलाई नगद राशी प्रदान गरेका थिए ।

रुपन्देही क्रिकेट संघको आयोजना तथा ड्रिम युनिक कन्सलटेन्सी प्रालि, बुटवलको मुख्य प्रायोजनामा आयोजित प्रतियोगिता एक महिनासम्म चलेको थियो । विजेता र उपविजेता टिमलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, आयोजक क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापा, संघका संस्थापक अध्यक्ष प्रेमकुमार सेन्चुरी, पूर्वअध्यक्ष प्रशान्त विक्रम मल्ल, एभरेष्ट कत्था मिलका सञ्चालक बसन्त रोक्का लगायतले पुरस्कार प्रदान गरे ।

 

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Share this:

  • Facebook
  • X

Get real time update about this post categories directly on your device, subscribe now.

Unsubscribe
Shree News Ok

Shree News Ok

Related Posts

खेलकुद

श्री दाउन्ने ओशो स्वर्णकार सुपर सिक्स क्रिकेट: उपाधि विश्वकर्मा युवा समाजलाई

खेलकुद

नेपाल ओलम्पिक कमिटिले लुम्बिनीका १० बिद्यालयमा खेलकुद सामग्री बितरण गर्ने

Banner News

भद्र घले स्कुल चौथो केएमसी बास्केटबल प्रतियोगिताको क्वाटरफाइनलमा

खेलकुद

भैरहवामा आज नेपाल- भारत मिडिया कप मैत्रीपुर्ण क्रीकेट

खेलकुद

साई ग्लोवल कप अन्तर कलेज क्रीकेट: उपाधी बुटवल कालिकालाई

खेलकुद

सिद्धार्थनगरमा ( भैरहवा ) रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शनिबारदेखि

हाम्रो बारेमा

 

श्री न्यूज ओके नेपाल डट कम भैरहवा र वरपरका क्षेत्रका विभिन्न समाचारहरु पाठकहरुमाझ ल्याउने उद्देश्यले सञ्चालनमा ल्याइएको हो । यस क्षेत्रका आर्थिक, सामाजिक, पर्यटन, शिक्षा, खेलकुद, संस्कृति लगायतका विषयलाई यो अनलाइनले प्राथमिकता दिनेछ । समाजमा भएका राम्रा पक्षको समाचार माध्यमबाट प्रवद्र्धन र गलत पक्षको कामको समाचारको माध्यमबाट निरुत्साहित गर्दै स्वच्छ समाज निर्माणमा समाचारको माध्यमबाट लाग्ने छौं ।

सम्पर्क

 

ठेगाना : सिद्धार्थनगर – ८, भैरहवा, रुपन्देही
सम्पर्क न : 9857062352
इमेल : newsok52@gmail.com

श्री न्युज ओके डट कमका लागि

पोर्ट मिडिया प्रा.लि.
कम्पनी दर्ता नं. १५३१७२/०७३/०७४
अध्यक्षः विमल सेन्चुरी
प्रवन्ध निर्देशकः विक्रम मल्ल
प्रवन्ध सञ्चालकः राजकुमार गुप्ता
सञ्चालकः
खेमराज भुषाल
सीता केसी
जमुना गिरी
प्रेमराज शर्मा
विकाश नारायण श्रेष्ठ
रियाज वारिश

हाम्रो टिम

सम्पादकः मनोरञ्जन शर्मा


ग्राफिक्स :
कमल परियार / के डिजाइनर
व्यवस्थापकः सरिता सापकोटा
कार्यालय सहायकः सन्तोष भुज
बजार प्रतिनिधीः केशव यादव

सम्वाददाताः
हनुमान पाण्डेय, कपिलवस्तु
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
  • अर्थहवा
  • भैरहवा वरपर
  • शिक्षा/ स्वास्थ्य
  • हाम्राे पालिका
  • मनोरञ्जन
  • खेलकुद
  • फाेटाे फिचर
  • अन्य
    • लेख/अन्तरवार्ता
    • सम्पादकीय
    • पर्यटन
    • मौसम
    • हाम्रो राशिफल
  • E-paper

© 2020 श्री न्युज ओके | Design By :- Hari Karki

Welcome Back!

OR

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

This website uses cookies. By continuing to use this website you are giving consent to cookies being used. Visit our Privacy and Cookie Policy.
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?