- मनोरञ्जन शर्मा । भैरहवा
नेपालमा क्रिकेट खेलका लागि उर्वर भूमिका रुपमा रहेको जिल्ला रूपन्देही हो । रूपन्देहीमा पनि अझ सदरमुकाम भैरहवालाई क्रिकेटको उर्वर भूमिका रुपमा लिने गरिन्छ । भैरहवामा अवस्थित सिद्धार्थ रंगशालाले धेरै क्रिकेटरहरू जन्माइसकेको छ ।
जिल्लाका पूर्व क्रिकेटरहरू तिलक कोइराला, शेर बहादुर क्षेत्री, गिरी क्षेत्री , बल बहादुर थापालाई पहिलो पुस्ताका क्रिकेटरका रुपमा लिने गरिन्छ भने दोश्रो पुस्तामा जंग बहादुर थापा, अनुप थापा, सत्यजित सरकार, धर्मराज गिरी, तेश्रो चरणमा बसन्त शाही, राजु खडका, सञ्जय गुरंग, प्रशान्त बिक्रम मल्ल, सन्जिव जोशी, दुर्गा सेन, धिरज अधिकारी क्षेत्री, हरि थापा लगायत त्यसपछि शक्ति गौचन, बसन्त रेग्मी, अन्तिम थापा, अमृत भटराई, अमित श्रेष्ठ, सागर खडका, दिपेन्द्र लामगादे, आकाश गुप्ता, त्यस पछिका सागर पुन , कृष्ण कार्की, निश्चल चौधरी, सुसन भारी लगायत पछिल्लो पुस्तामा कुशल भुर्तेल, कुशल मल्ल, देव खनाल, साहब आलम, शंकर राना, दुर्गेश गुप्ता, सागर ढकाल, मौसम ढकाल, लगायत जसले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भए ।
रूपन्देहीका क्रिकेटरहरू नेपालको राष्ट्रिय क्रिकेट टिममा समेत नियमित रुपमा पर्दै आएका छन् । जति बढी प्रतियोगिता त्यति धेरै क्रिकेट खेलाडीलाई मौका र फाईदा हुने गर्दछ । त्यसैले रूपन्देहीमा क्रिकेट प्रतियोगिताहरू देशमै बढी आयोजना हुने जिल्ला हो ।
नेपालमा ५० ओभरको सुपरलिग क्रिकेट आयोजना गर्ने जिल्ला रुपन्देही मात्रै हो । रुपन्देही सुपरलिग क्रिकेट एक महिना भन्दा लामो समय सम्म सञ्चालन हुने गरेको छ । रूपन्देही क्रिकेट संघले सुपरलिग क्रिकेट मात्र आयोजना नगरी अन्य धेरै प्रतियोगिताहरू , टि – २० फर्मयाटका खेलहरू, बिभिन्न उमेर समुहका प्रतियोगिता नियमित रुपमा आयोजना गर्दै आएको छ भने रूपन्देही क्रिकेट संघ (कार)मा आबद्ध जिल्लाका बिभिन्न क्रिकेट क्लवले समेत बिभिन्न प्रतियोगिता आयोजना गर्दै आएका छन ।
कारमा आवद्ध नभएका क्लव, विद्यालय, कलेज, साथै बिभिन्न स्थानियतहले समेत आफ्नो वार्षिक कार्यक्रममा मेयर कप ,उपमेयर कप ,वडा कप क्रिकेट आयोजना गर्दै रूपन्देहीमा क्रिकेटको विकासका लागि योगदान दिदै आएको रूपन्देही क्रिकेट संघका कार्यवाहक अध्यक्ष धिरज अधिकारी क्षेत्रीले बताए । जिल्लामा क्रिकेट खेलमा आकर्षण बढनुको मुख्य कारण बढी प्रतियोगिता हुनुनै हो ।
प्रतियोगिता क्रिकेटर छनौटको आधार पनि हो र यही प्रतियोगितालाई आधार मान्दै रूपन्देही क्रिकेटको जिल्ला स्तरीय टिम तयार हुने कार्यवाहक अध्यक्ष क्षेत्रीले जनाए ।
प्रतियोगिता सँगै क्रिकेटको अर्को पाटो भनेको प्रशिक्षण हो । एक सफल क्रिकेट खेलाडी बन्नका लागि मुख्य कुरा भनेकै प्रशिक्षण हो । प्रशिक्षणमा व्यवहारिक ,सैद्धान्तिक र प्रयोगात्मक स्थलगत हुने गर्दछ ।
पछिल्लो समय रूपन्देही क्रिकेट संघले उमेरगत समुहमा बढी भन्दा बढी क्रिकेटका खेलाडी तयार पार्न प्रशिक्षण अभियान सुरु गरेको छ । रूपन्देही क्रिकेट संघको आफ्नै प्रशिक्षण केन्द्र सिद्धार्थ रङ्गशालामा रहेको र त्यहाँ दैनिक बिभिन्न उमेर समुहका १ सय बढीले दैनिक प्रशिक्षण लिइरहेको कार्यवाहक अध्यक्ष क्षेत्रीले बताए । क्रिकेट प्रशिक्षण दैनिक रुपमा बेलुका ४.३० बजे देखि ६.३० बजे सम्म २ घन्टा सञ्चालन भैरहेको रूपन्देही क्रिकेट संघका सचिव सञ्जय गुरुङले बताए ।
उमेर पुगेका जो कोही पनि मापदण्ड पुरा गरी दैनिक रुपमा प्रशिक्षणमा सहभागी हुन सक्नेछन्, सचिव गुरुङले भने । अहिलेको प्रशिक्षणमा पुरुषहरू छन सबै, तर महिला तिनजना मात्र छिन, हामी महिलाहरू पनि क्रिकेट खेलमा आकर्षित होइन भन्ने चाहन्छौ, इन्दु बर्मा अहिले नेपाली क्रिकेट महिला टिमको कप्तान हुन, उनी रूपन्देही क्रिकेट सङ्घको उपज हो, महिलाहरूलाई प्रशिक्षणमा आउन आग्रह गछौँ, सचिव गुरुङले भने । संघले आफ्नै पूर्व खेलाडी द्वय दुर्गा सेन र मान बहादुर थापालाई प्रशिक्षक नियुक्त गरी प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अहिले बेलुकी मात्र प्रशिक्षण भइरहेकोमा अब बिहानी समयमा पनि गर्ने तयारी भैरहेको संघले जनाएको छ ।
प्रशिक्षक दुर्गा सेन भनछन , प्रशिक्षणमा आएकाहरुलाई शारीरिक व्यायामका साथै क्रिकेटका सैद्धान्तिक पक्ष साथै ब्याटिङ, बलिंग, फिल्डिंग, किपिंग गर्न सिकाउने मात्र नभई क्रिकेटका नियमहरू, प्रशिक्षणमा रहेकाहरूको टिम बनाई प्रतियोगिता, नेट प्राक्टिस नियमित रुपमा गराउँछौँ, आशा छ सबै उमेरका राम्रो खेलाडीहरू तयार हुनेछन् ।
आफैले खेलेको मैदानमा साना भाइ बैनीहरूलाई तालिम दिन पाउदा खुसी लागेको प्रशिक्षक मान बहादुर बताउँछन् । निकै मेहनती छन्, छोटो समयमा धेरै सिकेका छन्, आफूले जानेको क्रिकेटको सीप, कलाहरु बाट प्रशिक्षण दिई नया खेलाडी बनाउन मद्दत पुगेको छ , मान बहादुरको भनाई छ ।
क्रिकेट प्रशिक्षण सुरु गरेर रूपन्देही क्रिकेट संघले राम्रो गरेको अभिभावक सिद्धार्थ अग्रवालले बताए । मेरो छोरा आयन (जोय) पनि प्रशिक्षणमा छ, निकै खुसी छ, पढाई पनि गर्छ, क्रिकेट पनि सिक्छ, अग्रवालले भने । खेलकुदले मानिसलाई अनुशासनमा बाध्छ, त्यसैले खेलकुद जरुरी छ, उनले भने ।
भैरहवा अञ्चलपुरका आगमन शर्मा प्यारामाउन्ट माबिमा कक्षा १० मा अध्ययन गर्छन, उनि पनि अहिले प्रशिक्षणमा रहेका छन्, राम्रो स्वास्थ्यका लागि पनि खेलकुद जरुरी रहेको शर्माकी आमा सरिता सापकोटाले बताईन्। पढाई नबिगारी खेलकुदमा लाग्नु पर्ने सापकोटाको भनाई छ ।
रूपन्देही क्रिकेट संघले क्रिकेट एकेडेमी सञ्चालनमा ल्याई राम्रो सुरुवात गरेको संघका पुर्व अध्यक्ष एवं नेपाल क्रिकेट संघका निवर्तमान महासचिव प्रशान्त बिक्रम मल्लले बताए । नेपाली क्रिकेटमा रूपन्देही क्रिकेटको धेरै योगदान छ, यो प्रशिक्षण नियमित सञ्चालन हुन पर्छ, मल्लले भने । मैले पनि आफनो छोरा आरोन लाई प्रशिक्षणमा पठाएको छु , भैरहवा वरपरका क्रिकेटमा लगाव भएका कोही हुनु हुन्छ भने प्रशिक्षणमा आउनु होला, प्रशिक्षणलाई पैसा र क्रिकेट सामान बाधक बन्दैन, मल्लले भने ।
यो समाचार २०८१ जेष्ठ ६ गतेको न्यूज ओके पत्रिकामा समेत प्रकाशित छ ।
Get real time update about this post categories directly on your device, subscribe now.