श्रीन्यूज ओके रिपोर्टर
भैरहवा- प्यारामाउण्ट कलेज तिलोत्तमा र बुटवल कालिका क्याम्पस साई ग्लोबल कप जिल्लास्तरीय अन्तरकलेज टि–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज प्रतिस्पर्धा गर्दैछन् ।
बिहीबार सम्पन्न सेमिफाइनलमा कालिकाले युनिक होम्सलाई ५५ रनले हराउँदै फाइनल यात्रा तय गरेको थियो । त्यस अघिनै प्यारामाउण्टले रुपन्देही क्याम्पसलाई ७ विकेटले पराजित गर्दै उपाधी नजिक पुगेको थियो। यी दुई टीमबीच आज शुक्रबार उपाधिका लागि सिद्धार्थ रंगशालामा प्रतिस्पर्धा हुदैछ ।
रुपन्देही क्रिकेट संघको आयोजना र साई ग्लोबल कलेजको मुख्य प्रायोजनामा सन्चालित प्रतियोगितामा विजेता टिमले ५५ हजार, उपविजेताले २५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजारसहित प्रमाणपत्र, प्लेयर अफ द सिरिजलाई १० हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, बेस्ट बलर र बेस्ट बलरलाई जनही ५ हजारसहित ट्रफी र प्रमाणपत्र तथा अनुशासित टीमलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल संयोजक उदयकुमार मल्लिकले जानकारी दिए ।
Get real time update about this post categories directly on your device, subscribe now.