श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – साई ग्लोबल अन्तर कलेज क्रीकेटको फाइनलमा जितका लागि प्यारामाउन्ट कलेजले ११८ रनको लक्ष्य पाएको छ ।
सिद्धार्थ रंगशाला भैरहवामा जारी फाइनल खेलमा बुटवल कालिका कलेजले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । कालिकाका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२/३२ रन बनाए भने रन्जित खडकाले १७ र सम्राट भुषालले नट आउट १७ रन बनाए । बलिङमा प्यारामाउन्टका शिव कुवर , आशुतोश पान्डे र सन्देस थापाले समान ३/३ विकेट लिएका थिए ।
११८ रनको लक्ष्य सहित मैदानमा उत्रेको प्यारामाउन्टको सुरुवात भने खराब रहेको छ । उस्ले ५ ओभरमा २ विकेट गुमाउदै १९ रन बनाएर खेलिरहेको छ। उस्का रिशभ बेलबासे र सन्देस पन्थि २/२ रन बनाएर आउट भएका छ्न ।
Get real time update about this post categories directly on your device, subscribe now.