श्रीन्यूज ओके रिपोर्टर
भैरहवा – साई ग्लोबल अन्तर कलेज टि- २० क्रीकेटको उपाधी बुटवल कालिका कलेजले जितेको छ ।
सिद्धार्थ रंगशाला भैरहवामा शुक्रबार सम्पन्न फाइनलमा प्यारामाउन्ट कलेज तिलोत्तमा लाई २५ रनले पराजित गर्दै उपाधी सहित नगद ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ । उप बिजेता प्यारामाउन्ट्ले २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ ।
टस जितेर ब्याटिङ गरेको बुटवल कालिकाले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । कालिकाका लागि प्रज्वल थापा र गगन अधिकारीले समान ३२/३२ रन बनाए भने रन्जित खडकाले १७ र सम्राट भुषालले नट आउट १७ रन बनाए ।
बलिङमा प्यारामाउन्टका शिव कुवर , आशुतोश पान्डे र सन्देस थापाले समान ३/३ विकेट लिएका थिए ।

११८ रनको लक्ष्य सहित मैदानमा उत्रेको प्यारामाउन्टको सुरुवात भने खराब रहन पुग्यो । पहिलो २ ओभरमा उस्का रिशभ बेलबासे र सन्देस पन्थि २/२ रन बनाएर आउट भए । प्यारामाउन्टले १८ ओ ओभर ३ बलमा ९५ रन बनाइ अलआउट हुदा २२ रनले पराजित हुन पुग्यो ।
प्यारामाउन्टका लागि सन्देश थापाले सर्बाधिक ३३ रन बनाउदा तुल बहादुर थापाले १६ रन बनाए । त्यसै गरि अमन बोहोराले १० रन बनाए ।
बलिङ्ममा बुटवल कालिकाका प्रज्वल थापाले ३ , बिपिन भट्टराई अभिशेस गौतमले समान २/२ तथा बिबस खाती र कमल जैशीले एक एक विकेट लिए ।
फाइनल खेलको म्यान अफ द म्याच बुटवल कालिकाका प्रज्वल थापा भए । उनी उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटस्म्यान घोषित भइ १६ हजार पुरस्कार प्राप्त गरे । त्यसै गरि उत्कृष्ट बलर बुट्वल कालिकाका अभिशेस गौतम घोषित भइ ५ हजार रुपैयाँ प्राप्त गरे । अनुसाषित टिम रुपन्देही लिलाराम न्यापाने माबी घोषित भइ सम्मानित भएको प्रतियोगिता संयोजक उदय कुमार मल्लिकले बताए ।
बिजयी तथा उप बिजयी खेलाडीलाई ट्रफी , नगद , पदक तथा प्रमाणपत्र प्रमुख अतिथी पुर्व सान्सद प्रमोद कुमार यादव,बिशिस्ट अतिथी साइ ग्लोवल कलेजका प्रबन्ध निर्देशक दिनेश मान अमात्य, सिद्धार्थ नगरपालिकाका उप प्रमुख उमा अधिकारी , रुपन्देही क्रीकेट संघका सस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी , संघका कार्यबाहक अध्यक्ष धिरज अधिकारी , सिद्धार्थ उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष नेत्र आचार्य लगायतले बितरण गरेका थिए ।
साई ग्लोवल कलेज मुख्य प्रायोजक रहेको प्रतियोगिताको आयोजक रुपन्देही क्रीकेट संघ थियो । पुस ११ देखि सन्चाल्न भएको प्रतियोगितामा जिल्लाका ३२ कलेजको सहभागिता थियो ।
प्रतियोगितामा राम चन्द्र पान्डे, मान बहादुर थापा, लाल बहादुर अधिकारी , श्रवण शाही , राजु शाहनी , कृष्ण कुवरले अम्पायरको र रोशन लाल गुप्ताले स्कोररको भुमिका निर्वाह गरेकाथिए।
Get real time update about this post categories directly on your device, subscribe now.