श्रीन्यूज ओके रिपोर्टर
भैरहवा- लुम्बिनी प्रेस क्लवको आयोजनामा आज भैरहवामा अन्तरास्ट्रिय मिडिया कप टि- १० क्रीकेट प्रतियोगिता हुदैछ ।
लुम्बिनी प्रेस क्लवको आयोजनामा हुन लागेको यो प्रतियोगिताको पहिलो सस्करण रहेको र क्लवको बार्षिक तालिका अनुसार प्रतियोगिता आयोजना हुन गैरहेको क्लवका अध्यक्ष कमल रायमाझीले बताए प्रतियोगिताको टाइटल ” प्रथम नेपाल-भारत मैत्रीपूर्ण क्रीकेट रहेको छ ।
भैरहवाको सिद्धार्थ रंगशालामा आयोजना हुने खेल बिहान १० बजे बाट सुरु हुने र सबै तयारी पूरा भएको प्रतियोगिता संयोजक दिपेन्द्र बडुवालले बताए । प्रतियोगितामा भारतीय मिडिया टिम,जिल्ला सुरक्षा समिती रुपन्देही , रुपन्देही क्रीकेट संघ र आयोजक लुम्बिनी प्रेस क्लवको टिमको सहभागिता रहेको बडुवालले श्रीन्यूज ओके रिपोर्टरलाई बताए ।
प्रतियोगितामा सहभागिता जनाउन भारतिय मिडिया टिम हिन्दुस्तान टाइम्स का बरिस्ठ पत्रकार आलोक जोशीको नेतृत्वमा बिहान ८ बजे बेलहिया नाकामा आइपुग्ने र उनिहरुलाई नाकामा स्वागत गरि खेल स्थल ल्याइने प्रेस क्लवका महासचिव प्रकाश न्यौपानेले बताए ।
नेपाल भारतका पत्रकार बिच एकता , बन्धुत्व, मैत्रीलाई खेल माध्यमबाट बढावा दिने उद्देश्य प्रतियोगिताको रहेको महासचिव न्यौपानेले बताए ।
प्रतियोगितामा रुपन्देही क्रीकेट संघको प्राबिधिक सहयोग रहेको छ ।
Get real time update about this post categories directly on your device, subscribe now.