डा. लेखजंग थापाको सन्न्यास


अञ्चलपुर युवा क्लबका पुराना खेलाडी प्रसिद्ध न्यूरो सर्जन चिकित्सक डा. लेखजंग थापाले विहीवार मुर्गियासँगको खेलपछि फुटबल खेलबाट विश्राम लिएका छन् । पेशाले चिकित्सक रहे पनि समय मिलाउँदै फुटबल खेल्दै आएको बताउने डा. थापाले धेरै पटक लिस्नु कप फुटबल खेलेको भन्दै एक पटक डबल ह्याट्रिक समेत गरेको स्मरण गरे । आफ्नो अन्तिम खेल अविस्मरणीय रहेको जनाउँदै अब फुटबल नखेले पनि आफ्नो रगत रगतमा फुटबल रहेको र आफु आबद्ध क्लब अञ्चलपुर युवा क्लबमा मात्र नभई अन्य क्लबलाई केही सहयोग मद्धत आवश्यक भए आफू सदैव तयार रहेको बताए । उनले अन्तिम खेल जर्सी नम्बर ७ लगाएर खेलेका थिए । जर्सीमा स्मरणका लागि नाम लेखजंग पनि लेखिएको थियो ।

फुटबल खेलबाट सन्यास लिएको घोषणा गरे पश्चात उनलाई अञ्चलपुर युवा क्लबका अध्यक्ष सुर्य सारु मगर, सचिव रोशन खनाल, आयोजक लिस्नु युवा क्लबका अध्यक्ष तिर्थराज मल्ल, मुख्य प्रायोजक श्रीमाया गुरुङ्ग लगायतले खादा लगाइदिएका थिए भने त्यहाँ उपस्थित सबैले उनको जर्सीमा हस्ताक्षर गरेक थिए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version