लिस्नु कपः वर्षाका कारण आजको सेमिफाइनल खेल स्थगित

२०औं लिस्नु कप फुटबल प्रतियोगिता अन्तरगत आजको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ । आज पहिलो सेमिफाइनलमा सञ्जीवनी युवा क्लब देवीनगर बागधुरा तथा साविक बिजेता फर्साटिकर फुटबल क्लब बिच प्रतिष्पर्धा हुने तालिका थियो । दिनभरी परेको झरिका कारणले प्रतियोगिता स्थल पशुपति उच्च माविको मैदान हिलाम्मे भएका कारण खेल स्थगित गर्नु परेको आयोजक लिस्नु युवा क्लबका सचिव मनोज क्षेत्रीले जानकारी दिए । आज स्थगित भएको खेल आइतबार सोहि मैदानमा हुने जनाइएको छ ।

उता तालिका अनुसारको दोश्रो सेमिफाइनल खेल शनिवार सोहि मैदानमा बेलुका ४ बजे आयोजक लिस्नु युवा क्लब र नवलपरासीको फोर ब्रदर्श फुटवल क्लब बिच हुनेछ । लिस्नु युवा क्लब तिलोत्तमा कोटीहवाले सञ्चालन गरिरहेको खेल सोहि स्थानमा रहेको पशुपति माविको खेल भइरहेको छ ।

प्रतियोगितामा रुपन्देही, नवलपरासी, कपिलवस्तु, पाल्पा र स्याङ्गजाका क्लबहरुको सहभागिता १६ टिमको सहभागिता रहेको छ भने बिजेताले ३ लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले १ लाख ५० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् । त्यस्तै गरी सेमिफाइनलमा पराजित हुने २ टिमले जनही २५ हजार रुपैयाँ, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट गोलरक्षक, उदयमान खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ७ हजार रुपैयाँ तथा प्रत्येक दिनको म्यान अफ द म्याचले ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका अध्यक्ष तिर्थ राज मल्लले बताए ।

प्रतियोगितामा यस पटक सोहिस्थानकी श्रीमाया गुरुङ्गले आफ्ना बुवा स्व. डिमबहादुर गुरुङ्गको स्मृतिमा मुख्य प्रायोजकको रुपमा सहयोग गरेको क्लबले जनाएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version