श्रीन्यूज ओके रिपोर्टर
भैरहवा ।
उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षमा सिद्धार्थ उद्योग वाणिज्य संघका पुर्ब अध्यक्ष कृष्ण प्रसाद शर्मा निर्वाचित भएका छन् ।
शनिबार रुपन्देहीमा सम्पन्न तेश्रो वार्षिक साधारण सभा तथा दोश्रो अधिवेशनका क्रममा भएको निर्वाचनमा शर्माले बुटवल उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठलाई पराजित गर्दै आगामी ३ वर्षे कार्यकालका लागी अध्यक्षमा निर्वाचित भएका हुन् ।
शर्माले निर्वाचनमा जिल्ला नगर उद्योग वाणिज्य संघबाट ३० मध्ये २२ मत र एशोसियट सदस्यहरुको खसेको १०१ मत मध्ये ७८ मत पाएर बिजयी भएका थिए । महासंघको विधान अनुसार जिल्ला नगरमा ५० प्रतिशत र एशोसियटतर्फ ३० प्रतिशत मतभार छ । मतभार अनुसार शर्मा अत्यधिक मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रत्यासी श्रेष्ठले जिल्ला नगर तर्फबाट ८ मत र एशोसियट तर्फबाट २३ मत पाएका थिए ।
उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको निर्वाचनका लागि सिद्धार्थ उद्योग वाणिज्य संघले पुर्व अध्यक्ष कृष्ण प्रसाद शर्मालाई उम्मेदवार बनाएको थियो
शर्मा बिगत २ दशक भन्दा लामो समय देखि रुपन्देहीलाई आधार बनाई बिभिन्न प्रकृतीका उद्योग व्यवसायहरुमा संलग्न छन् ।
शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्ष २०६२।२०६४, उद्योग वाणिज्य महासंघको लुम्बिनी अञ्चल प्रतिनिधी २०६४।२०६६मा तथा २०६७ साल देखि केन्द्रिय सदस्य रहदै आएका थिए । उनि महासंघका निबर्तमान केन्द्रिय सदस्य हुन् । उपाध्यक्ष २, कोषाध्यक्ष तथा सदस्यहरु सवै निर्बिरोध निर्बाचित भएका थिए ।