- श्रीन्यूज ओके रिपोर्टर,भैरहवा
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन,रुपन्देही)ले वार्षिक कार्ययोजना बनाएको छ ।गत शुक्रबार र शनिबार कपिलवस्तुको शिवराज नगरपालिका–२ चन्द्रौटामा आयोजित कार्यक्रमले वार्षिक रुपमागर्ने कार्यक्रम तय गर्नुका साथै कार्यक्रम सफलपार्न योजनाबनाएको आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
वार्षिक कार्ययोजना बैठकले ३८ वटा कार्यक्रमगर्ने तया भएको सस्थाका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताए । तय भएका कार्यक्रमहरुमा उद्योग व्यापार कृषितथापर्यटन प्रवद्र्धनकालागिअवलोकन भ्रमण, सम्बन्धित संघ–संस्था, सरकार र स्थानीयतहमाजिजी क्षेत्रको तर्फदेखि सल्लाह–सुझाव, ठूला ठूला राष्ट्रिय गौरवकाआयोजनामाप्रभावपार्ने कार्यक्रमको आयोजना, सडक खानामहोत्सव, भैरहवा मण्डपको लागिपहल, सम्पूर्ण उपसमितिको मुल्यांकन, दर्ता नविकरण (आजीवन, एसोसियट र वस्तुगत), उद्योग÷व्यापार सम्बन्धीअन्तरक्रिया, दर्ता नविकरण लगायत छन् ।
त्यस्तै सस्थाको भवननिर्माणका साथै आजीवन सदस्यहरुको सहयोग रकमशिलालेखमानाम लेख्ने, आर्थिक वृद्धि योजनाल्याउने, शिक्षासम्बन्धी छलफल, सूचनातथा सञ्चारसम्बन्धी समन्वय, नेतृत्वविकास तथाअभिमुखीकरण तालिम, पर्यटन प्रवद्र्धनसम्बन्धीकार्यक्रम, व्यवस्थापकीयतथा लेखातालिम, कर शिक्षासम्बन्धीअन्तरक्रिया, महिलाउद्यमीतालिम, कृषिसम्बन्धी छलफल तथाअन्तरक्रिया, युवा परिचालनतथा खेलकुदकार्यक्रम हुने छन् ।
त्यसै गरी शुभकामनाआदानप्रदान, मर्चवार, सियारी र लुम्बिनीशाखाको सम्पर्क कार्यालय व्यवस्थापन र दर्ता नविकरण, बजार अनुगमनतथा सचेतना, संघ–संस्थासँग सम्बन्धविस्तार, स्मारिकाप्रकाशन, २०८० सालको क्यालेण्डर प्रकाशन, उद्योगी–व्यवसायीको समस्याहरुको बारेमा टिपोट गरी प्रतिवेदनबुझाउने, सीमामा परेको समस्याको बारेमा सहजीकरण र होलिमिलनकार्यक्रम हुने कार्ययोजनामा उल्लेख छ । त्यस्र्तै बर्ष भरी विभिन्न सामाजिककार्यहरु अन्तरगत निःशुल्क स्वास्थ्यशिविर, खुल्ला रक्तदान, वृहतनगर सरसफाई तथा सचेतना, वृक्षारोपण तथा संरक्षण, भैपरी आउने प्रकोपमा राहत संकलन र वितरणको व्यवस्थागर्ने लगायत रहेको महासचिब सचिन रोकाले बताए ।
बार्षिक कार्ययोजना सार्वजनिक कार्यक्रममा सस्थाका पुर्ब अध्यक्ष खिम बहादुृर खत्री, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मी, बाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिब सचिन रोका, लुम्बिनी प्रेस क्लवका अध्यक्ष नरेश केसी लगायतले आफनो भनाई राखेका थिए ।