- श्रीन्यूज ओके रिपोर्टर, भैरहवा
टुगा आस्था बिकास बचत तथा ऋण सहकारी संघ लि. ओमसतिया–१ रुपन्देहीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सस्थाले बिगत देखिनै नियमित रुपमा खुल्ला रक्तदान कार्यक्रम गर्दै आईरहेकोमा नियमित खुला रक्तदान कार्यक्रमको शृंखलालाइ नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखाको ड़ेंगो रोग नियन्त्रण तथा रोकथामका अभियानलाइ सहयोग पुर्याउने उद्देश्यसंग जोडेर शनिबार संस्थाको केन्द्रीय कार्यालयमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको सस्थाका अध्यक्ष डी.बि.थापाले बताए ।
सो कार्यक्रमबाट ४२ पोइन्ट रगत संकलन भएको सस्थाका मुख्य प्रबन्धक लक्ष्मण कुमार थापाले बताए । संस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्नुको साथै आफ्ना शेयर सदस्यलाइ बिरामी हुँदा आवस्यकता बमोजिम निशुल्क रगतको व्यवस्थापन गर्दै आएको मुख्य प्रबन्धक थापाले उल्लेख गरे ।
प्रत्येक चौमासिक रुपमा संचालन गर्दै आएको यस कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डी.बि.थापाको र प्रमुख आतिथ्यता संस्थाको प्रमुख सल्लाहकार तारा प्रसाद छन्तेलको रहेको थियो ।
कार्यक्रमको उद्घघाटन सत्रमा प्रमुख अतिथि तारा प्रसाद छन्तेल तथा सल्लाहकार एवम् आधारभूत स्वास्थ्य चौकी तिलोत्तमा–१५ का प्रमुख (अधिकृत) गणेश गौतमले रक्तदानको महत्वका बारेमा चर्चा गरेका थिए । संस्थाका पदाधिकारी, कर्मचारी, रक्तदाता शेयर सदस्य लगायत नियमित स्वयमसेवी रक्तदाताहरु सहभागी भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष परसुराम बास्तोला तथा कार्यक्रम संचालन मुख्य प्रबन्धक थापाले गरेका थिए ।