मलेसिया – भैरहवा दुईतर्फी उडान सुरु गर्न माग

श्रीन्यूज ओके रिपोर्टर । भैरहवा


-नेपाल वायुसेवा निगमको मलेसिया- भैरहवा एकतर्फी उडानलाई दुईतर्फी बनाउन माग भएको छ । निगमले गत जेठबाट मलेसियाको क्वालालम्पुरबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा प्रत्येक साता मंगलबार नियमित उडान गर्दै आएकोमा सो उडानलाई सोही रुटमा दुईतर्फी उडान गराउन माग भएको हो।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले तत्कालका लागि सोही रुटमा साताको एक उडान नै भए पनि दुईतर्फी उडान सुरुवात गर्नुपर्ने बताए । निगमले साताको एक पटक मलेसियाको क्वालालम्पुरबाट भैरहवा उडान गर्दै आएको छ, यसका लागि निगम व्यवस्थापनलाई हामी धन्यवाद दिन चाहन्छौं, धन्यवादसँगै सोही रुटमा दुईतर्फी उडान अर्थात् मलेसिया- भैरहवा -काठमाडौं र काठमाडौं -भैरहवा- मलेसिया उडान सुरुवात गरोस्, तत्कालका लागि हाम्रो माग हो, उनले भने ।

सिद्धार्थ उद्योग वाणिज्य संघमा आबद्ध होटल व्यवसायी, ट्राभल एजेन्सी लगायतका पर्यटन सम्बद्ध संघसस्थाका प्रतिनिधिको रायअनुसार तत्काल अन्य वायुसेवा कम्पनीले यो विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु नगरे पनि नेपाल वायुसेवा निगमले एकतर्फी भए पनि उडान गर्दै आशालाई जीवितै राखेको तथा सो उडानलाई सोही रुटमा दुईतर्फी गराउनुपर्ने रहेको श्रेष्ठले बताए।

उडान दुवैतर्फी भए सो रुटमा हवाईयात्रुको अभाव नहुने श्रेष्ठको दाबी छ, ट्राभल एजेन्सी एवं पर्यटन व्यवसायीले सो रुटमा हवाईयात्रु अभाव नहुने र यात्रीहरूले विभिन्न माध्यमबाट सो रुटमा उडानबारे जिज्ञाशा राख्दै आएको श्रेष्ठले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयनप्राधिकरण कार्यालयका अनुसार नेपाल वायुसेवा निगमको मलेसिया भैरहवा उडानमा (२०२३ जुन १ देखि डिसेम्बर ३१ सम्म) ११ सय ५७ यात्रु आएको र कनेक्टिंग फ्लाइटमार्फत  ३३ जना गएको तथ्यांक छ।अहिले पनि एकतर्फ उडानमा औशतमा ४५ जना यात्रु मलेसियाबाट भैरहवा ओर्लने गरेक छन्। आउने यात्रुमध्ये प्रायः बिदामा आउने भएकाले उनीहरू फिर्ता जाँदा पनि यही रुट हुँदै पक्कै पनि जान चाहन्छन्, त्यसैले पनि निगमले यो रुटमा दुईतर्फी उडान साताको एक पटकमात्रै भए पनि सुरुवात गर्नुपर्छ, यो हामी निजी क्षेत्रको मात्र होइन समग्र लुम्बिनी प्रदेशको माग हो, श्रेष्ठले भने ।

श्रेष्ठले निगमले लिजमा ल्याउन लागेका दुई न्यारोबडी जहाज आएपछि भैरहवाबाट समेत उडान गर्ने गरी निगमको विज्ञप्ति आएको स्वागतयोग् रहेको समेत बताए । अध्यक्ष श्रेष्ठले निगमसहित अन्य निज विमानसेवा कम्पनीलाई आकर्षित गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे। यो विमानस्थलबाट उडान भर्ने विमानसेवा कम्पनीला कर छुट, यो विमानस्थल प्रयोग गरी जाने यात्रुलाई एअरपोर्ट ट्याक्स तथा टिकटमा मुअक सहुलियत, विमानस्थलमा विमान आएवापत तिर्नुपर्ने सबै किसिमक कर एक निश्चित समयका लागि निःशुल्क, काठमाडौंभन्दा यह भरिने हवाईइन्धन कम्तीमा प्रतिलिटर दुई रुपैयाँ सस्तो, इन्धन यहींबाटकाठमाडौं जाने तर मूल्य भने काठमाडौंसहित देशैभरि एक रहेकाले काठमाडौं बाहिर तराईको विमानस्थलमा इन्धन सस्तो हुनुपर्ने उनको तर्क थियो। त्यसैगरी कम प्रकाश (पुअर भिजिबिलीटी) मा पनि उडान अवतरण गर्नसकने प्रविधि आइएलएसको तत्काल सुरुवात र पहिलो पटक विदेशजानेको स्वास्थ्य परीक्षण भैरहवा बुटवलमै गरिनुपर्ने व्यवस्था गर्नसमेत अध्यक्ष श्रेष्ठले आग्रह गरे।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version