१८ करोड लागतमा मासु प्रशोधन केन्द्र र कोल्ड स्टोर निर्माण सुरु

श्रीन्यूज ओके रिपोर्टर । भैरहवा


 रुपन्देहीको श्रीनगर एग्रिटेक इन्ड्रस्टिले १८ करोड रुपैयाँको लागतमा मासु प्रशोधन तथा कोल्डस्टोरेज निर्माण सुरु गरेको  छ ।

श्रीनगरले आउँदो वैशाख भित्र मासु प्रशोधन तथा कोल्ड स्टोरेजको काम सुरु गर्नका लागि पूर्वाधार निर्माणको काम सुरु गरेको इन्ड्रस्टिका अध्यक्ष सतिश चन्द्र श्रेष्ठले बताए । लुम्बिनी प्रदेशलाई लक्षित गरी कम्पनीले मासु प्रशोधन एवं कोल्ड स्टोरेजको काम सुरु भइसकेको बताएको छ ।

हाम्रो मुख्य उद्योग रुपन्देहीको शुद्धोधन गाउँपालिकामा छ ,यहाँ चल्ला, अन्डा उत्पादन हुन्छ ,हामीले  चल्ला किसानलाई बिक्री गर्ने गरेका छौं र त्यही किसानले पालेको चल्ला खान योग्य हुने भएपछि उनीहरुबाटै खरिद गरी मासु प्रशोधन एवं बिक्री गर्ने लक्ष्य लिएका छौ,अध्यक्ष श्रेष्ठले भने । मासु प्रशोधन उद्योगबाट दैनिक ३ हजार कुखुरा अर्थात् ६ हजार किलो मासु तयार गरी बजारमा पठाउने लक्ष्य रहेको र कोल्ड स्टोरको क्षमता २ सय टनको हुने श्रेष्ठले बताए । मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट साथै बोनलेस, विथ बोन, किमा, ससेज, लगायतका मासु उपलब्ध हुने जनाइएको छ ।

मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट साथै बोनलेस, विथ बोन, किमा, ससेज, विंग्स, लगायतका मासु उपलब्ध हुने जनाईएको छ । उपभोक्तालाई उच्च गुणस्तरको मासु उपभोग गर्न सकुन भन्ने हाम्रो लक्ष्य हो र हामीले स्वास्थ्यका सबै मापदण्ड पुरा गरी काम गर्छौ, हलाल देखि सबै प्रकृया गरी सबै बर्गले खान योग्य हुन्छ र प्रशोधन केन्द्रको नियमित निरीक्षणको माग समेत हामी गर्छौ, अध्यक्ष श्रेष्ठले भने । वाणिज्य बिभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह लिएर प्रशोधन केन्द्र संचालनमा ल्याउने सोचका साथ काम सुरु भएको श्रेष्ठको भनाई छ ।
प्रशोधन तथा कोल्ड स्टोरको लागि कम्पनिले चिन र भारतबाट सेमि अटोमेटिक प्लान्ट हरु ल्याउनका लागि प्रकृया अघि बढाएको र उद्योग स्थापनाको काम अघि बढीसकेकाले बैशाख महिना भित्रै बजारमा प्रशोधित मासु पठाउने लक्ष्य रहेको कम्पनिका प्रबन्ध निर्देशक मौसमी श्रेष्ठले बताईन् ।

कम्पनिले प्रथम चरणमा मासु प्रशोधन तथा कोल्ड स्टोर तथा दोश्रो चरणमा अन्डाको प्रोसेसिंग प्लान्ट पनि जडान गर्ने भएको छ । नेपालमै पहिलो पटक अन्डाको झोल बिक्री गर्ने योजना कम्पनिको रहेको छ । हामी दोश्रो चरणमा अण्डाको झोल र पाउडर पास्चराइज गरी बिक्री समेत गर्छौ, अब अन्डाको झोल ग्यालेन र बोतलमा उपलब्ध हुन्छ, बिकसित मुलुकमा जस्तै, अध्यक्ष श्रेष्ठले भने ।
श्रीनगरले मासु प्रशोधन उद्योग तथा कोल्ड स्टोर बुटवल औद्योगिक क्षेत्रमा सुरु गर्न लागेको हो । दुई दशकयता कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा सक्रिय श्रीनगरले रुपन्देहीको शुद्धोधन गाउपालिकामा चल्ला अण्डा उत्पादन गर्ने ह्याचरी फार्म साथै फिड दाना उद्योग सञ्चालन गर्दै आएको छ ।

कृषि क्षेत्रमार्फत अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको कम्पनीमा हाल ३ सय जनाले रोजगारी पाएका छन् भने १५० कुखुरा पालक किसानहरु कम्पनि संग प्रतक्ष्य रुपमा जोडिएका छन् ।

फार्म, फीड तथा फूडको एकीकृत व्यापार विस्तार गर्दै आएको कम्पनीको केन्द्रीय कार्यालय काठमाडौंको टङ्गालमा छ ।
लुम्बिनी प्रदेशको पाल्पा र रुपन्देहीमा उद्योग छन् । कम्पनीको उत्पादन ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएकोमा प्रशोधित मासुको मुख्य बजार लुम्बिनी प्रदेशलाई लक्षित गरीएको जनाएको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version