शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घटयो

श्रीन्यूज ओके रिपोर्टर । भैरहवा


बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको वित्तिय विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३७ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाए पनि यो नाफा गत वर्षको यसै अवधिको तुलनामा १३ दशलमव ६१ प्रतिशतले कम हो । गत वर्ष दोश्रो त्रैमाससम्ममा बैंकले ४२ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

दोश्रो त्रैमासमा बैंकको खुद ब्याज आम्दानी १ दशलमव २५ प्रतिशतले घटेर १ अर्ब ४ करोड १३ लाख रुपैयाँ कायम भएको छ । सञ्चालन नाफा ६१ करोड ७९ लाखबाट घटेर ५९ करोड ३० लाख रुपैयाँ कायम भएको छ । खुद ब्याज आम्दानी घट्दा  बैंकको नाफामा असर परेको हो । 

शाइनको खराब कर्जा दर १दशमलव३१ प्रतिशत विन्दुबाट बढेर २ दशमलव ६२ प्रतिशत पुगेको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख रुपैयाँ रहेको छ। जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी २ रुपैयाँ ४९ पैसाले घटेर १० रुपैयाँ ३० पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १३८ रुपैयाँ ६८ पैसा रहेको छ ।
बैंकले गत वर्षको मुनाफाबाट यो बैंकले आफना शेयरधनिलाई ११ दशमलव ०५ प्रतिशत लाभांश बितरण गरेको थियो ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version