भैरहवामा आजबाट कुकुरहरुको बन्ध्याकरण (परिवार नियोजन) हुदै


भैरहवामा आज बाट कुकुरहरुको बन्ध्याकरण (परिवार नियोजन) हुने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगर क्षेत्रमा रहेका छाडा कुकुरको संख्या बढदै गएपछि कुकुरको बन्ध्याकरण(परिवार नियोजन) गर्न लागेको हो ।

सिद्धार्थनगर नगरपालिका कार्यालयको आ.व ०७९/०८० को स्विकृत वार्षिक कार्यक्रम अनुसार यो कार्यक्रम सुरु हुन लागेको सिद्धार्थनगरका प्रमुख इश्तियाक अहमद खालने बताए । ‘नगर क्षेत्रमा छाडा कुकुरहरुको संख्या बढदै गएको र कुकुरका कारण बाटोमा हिडने पैदलयात्रीहरुलाई कुकुरले टोकने लखेटन, झम्टने जस्ता कार्य समेत बढदै गएकोले नगरबासी असुरक्षित भएको, साइकल,मोटरसाइकल र अन्य साधान चलाउदा समेत कुकुरका कारण अप्ठेरो भई दुर्घटनाको जोखिम बढेकाले छाडा कुकुरबाट नगरबासीलाई सुरक्षित गराउन यो बन्ध्याकरण कार्यक्रम सुरु गर्न लागिएको हो,’ नगर प्रमुख खानले भने ।

तिन दिन सम्म (फागुन ९,१० र ११ गते) पशु सेवा कार्यालय नया सडक भैरहवामा छाडा कुकुरहरुको बन्ध्याकरण हुने छ । कुकुरको बन्ध्याकरण हुने भएपछि नगरपालिका कार्यालयले सूचना प्रकाशित गरी आफना घर वरपर टोल छिमेक, समाजमा छाडा कुकुर रहे त्यस्को जानकारी वडा कार्यालय अथवा नगरपालिका कार्यालयम दिन समेत आग्रह गरेको छ ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version