श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
बडा दशैँको लगत्तै आउँने नेपालीहरूको अर्को महत्वपूर्ण चाड तिहार सबैको घरदैलोमा आइसकेको छ। आइतवारबाट यमपञ्चक शुरु हुदैछ । यस पटक यमपञ्चकको अघिल्लो दिन अर्थात शनिवार धन त्रयोदशी अर्थात् धनतेरश पर्व परेको छ ।
विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ ।
धनतरेशका दिन भैरहवाका बिभिन्न पसलहरुमा ग्राहकहरु बिभिन्न सामान किन्न उपस्थित भएका थिए । धनतरेशका दिन भैरहवामा देखिएको चहलपहल हेरौ तस्बिरमा
सबै तस्बिर : मनोरञ्जन शर्मा,न्यूजओके
Facebook प्रतिक्रियाहरु