- श्रीन्यूज ओके रिपोर्टर
भैरहवा
रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका उम्मेदवार एवं पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिपक बोहोराले निर्वाचनमा मतदातालाई प्रभावित गर्न प्रयोग गरेका २ कार्यकर्ता पैसा सहित पक्राउ परेका छन् । पक्राउ परेका कार्यकर्तामा एमाले र राप्रपाका रहेका छन् ।
रुपन्देही क्षेत्र नम्बर ३ मा एमाले, राप्रपा र जसपाको गठबन्धन रहेको छ । शनिवार राती सिद्धार्थनगर नगरनगरपालिका वडा नम्बर १० को दोगहरीमा स्थानीय मतदातालाई पैसा बाड्दै गर्दा राप्रपा, एमाले र जसपा संयुक्त निर्वाचन परिचालन कमिटीका भोला कोइरी र बिनोद कुमार पाण्डेय पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट नगद रु. ६७ हजार १५ हजारको चेक तथा पार्टीका कागजातसँगै उनिहरुको परिचय खुल्ने परिचयपत्र पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बेदप्रसाद पौडेलले बताए ।
प्रहरीले नियन्त्रणमा लिएका मध्ये कोइरी संयुुक्त निर्वाचन परिचालन सिनपा १० का संयोजक र पाण्डेय राप्रपाका नेता तथा निर्वाचन परिचालन समितिका सहसंयोजक हुन् ।
उनीहरु प्रहरीको नियमित चेकजाँचको क्रममा पक्राउ परेको र राप्रपाको पार्टी कार्यालयबाट पैसा लिएर गएको बयान दिएका छन् । पक्राउ परेका राप्रपा नेता पाण्डेयको बयान लिइरहँदा उन्को मोबाईलमा ९८५७०२०१११ बाट लगातार फोन आइरहेको समेत प्रहरीले जनाएको छ । सो नम्बर राप्रपा रुपन्देहीका जिल्ला अध्यक्षको रहेको बुझिएको छ ।
तीन दलिय गठबन्धनका उम्मेदवार राप्रपाका बोहराले निर्वाचनमा मतदातालाई प्रभावित गर्न अनेकन हथकन्डा अपनाएको दाबी पाँच दलिय गठबन्धनको रहेको छ ।
यस अघि शुक्रवार भैरहवाका प्रतिष्ठीत व्यवसायी कृष्ण प्रसाद शर्मा, रुपन्देही काँग्रेसका सभापति रामकृष्ण खाँण बिच शर्मा लाई सिद्धार्थनगरको मेयर बनाउने सहमती पत्र सिद्धार्थनगरका मेयर ईश्तियाक अहमद खानको रोहबरमा भएको भन्दै समाचार नेपालको १ नम्बर न्यूज पोर्टल अनलाईन खवरमा आएको थियो । यो खबर आएसँगै व्यवसायी शर्माले पत्रकार भेटकार्यक्रम मार्फत सहमती झुठो भएको र त्यस्मा भएको आफनो हस्ताक्षर पनि किर्ते भएको बताएका थिए ।
सोहि दिन दिउँसो (शुक्रवार) अनलाइन खबरले सो समाचार गलत भएको भन्दै समाचार हटाउनु साथै समाचारका कारणले हुन गएको दुख प्रति क्षमा मागेको थियो । शर्माले आफ्नाे हस्ताक्षर किर्ते गरी नक्कली सहमती बनाई आफ्नाे चरित्र हत्या गर्नेको खोजबिन गरी कारबाही गरीपाउ भनि शुक्रवारनै जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा निबेदन दिएका थिए । प्रहरीले सो घटनामा छानबिन अघि बढाएको जनाएको छ । राप्रपाका बोहोराको प्रतिष्पर्धामा गृहमन्त्री बालकृष्ण खाँण रहेका छन् ।