श्री न्यूज ओके रिपोर्टर ,भैरहवा
रुपन्देही क्षेत्र नम्बर ४ प्रदेश सभा सदस्य (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका कन्हैया बनियाले जितेका छ्न्। बनियाले १५ हजार १ सय ३७ मत ल्याई बिजयी भएका हुन् । सो क्षेत्रमा कुल ३५ हजार ५ सय ७७ मत खसेको थियो । बनियाका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका जितेन्द्रनाथ शुक्ल (बब्लु) ले ९ हजार २ सय ५३ मत पाउँदा नेपाली काङ्ग्रेसका अष्टभुजा पाठलले ८ हजार २७ मत पाएको निर्वाचन अधिकृत देवेन्द्र आचार्यले जानकारी दिए ।
Facebook प्रतिक्रियाहरु