- श्रीन्यूज ओके रिपोर्टर
मर्चवार ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका बरिष्ठ नेता एवम् पूर्व मन्त्री सर्वेन्द्रनाथ शुक्ल विजयी भएका छन् । शुक्लले २८ हजार मत ल्याई विजयी हुँदा निजका निकटतम् प्रतिद्वन्दी नेपाली काँग्रेसका प्रमोदकुमार यादवले २२ हजार ७ सय ४ मत पाएका छन् । यादवसँग यस अघिको निर्वाचनमा शुक्ल पराजित भएका थिए । शुक्ल संविधान सभा सदस्य समेत हुन् ।
सोहि क्षेत्रबाट जनमत पार्टीका भुपेन्द्रप्रसाद यादवले १५ हजार ५ सय २६ मत ल्याएका छन् ।
Facebook प्रतिक्रियाहरु