- श्रीन्यूज ओके रिपोर्टर, बुटवल
नेकपा एमालेका उपाध्यक्ष बिष्णु पौडेलले मंसिर ४को मतदान अघि आफना प्रतिद्धन्दीहरुलाई एकदम सहज रुपमा लिएका थिए । लोकतान्त्रिक बाम गठबन्धनले जनमुक्ति पार्टीका केशब सुर्यबंशीलाई सघाउने निर्णय गरे पनि त्यति नआतिएका पौडेले अहिले मतगणनामा के हुने हो भन्न नसक्ने अवस्थामा छन् । पौडेललाई नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले आच्छु आच्छु पारेका छन् ।
धेरै समय गणेशले मतमा अग्रता लिएता पनि अहिले पछिल्लो समय भने बिष्णु पौडेलले १ हजार ३ सय ९१ मतले अग्रता लिदा केही राहतको सास फेरेका छन् । पौडेलले पछिल्लो मत परिणाम अनुसार २० हजार ८२० मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १९ हजार ४३१ मत संगै पछ्याउदै छन् । गठबन्धनले सघाएको उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले १७१०६ मत प्राप्त गरेका छन् ।मतगणना जारी छ ।