निस्पक्ष रहेर काम गर्नेछुु , प्रहरी उपरीक्षक राठौर

श्रीन्यूज ओके रिपोर्टर । भैरहवा


जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एवम प्रहरी उपरीक्षक रन्जित सिंह राठौरले समाजमा रहेका बिक्रीती बिसङतीहरु हटाउन आफू प्रयासरत रहने बताएका छ्न। जिल्ला प्रमुखको रुपमा रुपन्देहीमा सरुवा भएर आएका राठौरले आइतबार कार्यालयमा जिल्लाका सन्चार्कर्मीहरु सङ परिचयात्मक एव छलफल कार्यक्रममा सो धारणा राखेका हुन ।

रुपन्देही जिल्ला अवसर र चुनौती दुबै रहेको जिल्ला हो, म निस्पक्ष रहेर काम गर्नेछुु , प्रहरी उपरीक्षक राठौरले भने ।
१८ बर्ष अघि आफू यसै जिल्लाको बुटवलमा रहेको ईलाका प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको रुपमा कार्यरत रहि सकेको हुदा उति बेला देखिनै जिल्लाको राम्रो नराम्रो पक्षका बारेमा जानकारी रहेको बताउदै सबै मिलेर समाजलाई सुरक्षित बनाउन तर्फ अघि बढ्नु पर्ने उनको भनाइ थियो ।

हामी हरु सङ कार्य योजना तयार छ, सोही अनुसार योजनामा रहेर काम गर्नेछौ, तराइको जिल्लामा आफ्नै विशेषता पनि छ र समस्या पनि छ उन्ले भने ।लागू औसधिको समस्या, सिमा सुरक्षा , घरेलु हिंसा , ट्राफिक ब्यवस्थापन , चोरी तस्करी लगायत जिल्लाका स्स्मस्या छन, ती सबै समस्या न्यूनीकरणका लागि हामी समुदाय सङ मिलेर , सचेतना मुलक कार्यक्रम गरेर कसरी हुन्छ हामी लाग्नेछौ, प्रहरी उपरीक्षक राठौरले भने ।
उन्ले सन्चारकर्मी भनेको समाजको ऎना रहेको भन्दै जिल्लामा हुने हरेक घटना परिघटनाको सूचना हरु प्रहरीलाई उपलब्ध गराइ सहयोग गर्न आग्रह गर्दै प्रहरीका दोष भए औल्याउन र सुझाव दिन पनि उन्को आग्रह थियो । कार्यालयबाट कुनै सूचना जानकारीका लागि प्रवक्ता मार्फत प्राप्त हुने र आफू लाई पनि सम्पर्क गर्न सकिने उन्को भनाइ थियो ।

परिचयात्मक कार्यक्रममा सन्चारकर्मिहरुले जिल्लाका राम्रा नराम्रा पक्षका बारेमा अवगत गराउदै कार्यसफलताको शुभकामना दिएका थिए । राठौर जिल्ला प्रहरी प्रमुख भएर आउनु अघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा कार्यरत थिए । उनी प्रहरी सेवामा आउनु अघि करिव ८ महिना कान्तिपुर दैनिकमा खेल पत्रकारका (सम्बाददाता)रुपमा कार्यरत थिए ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version