नवयुवा कप फुटबल : फाईनल आज , उपाधिका लागि सन्जिवनी र न्यु राइज भिडदै

श्रीन्यूजओके रिपोर्टर । भैरहवा


११औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्यु राइज युवा क्लब बभनी र सन्जिवनी युवा क्लब बागधुरा, बिच खेल हुदैछ । फाइनलिष्ट दुबै टिम तिलोत्तमा नगर पालिकाका स्थानिय क्लव हुन् ।

यस अघि सेमिफाइनलमा न्यू राइजले समपुर्ण युवा क्लव सुपौलिलाई टाईब्रेकरमा ४ः ३ गोलले तथा सन्जिवनीले आयोजक समेत रहेको नवयुवा खेलकूद तथा सास्कृतिक परिवार ओमसतिया – १,लाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेका थिए । आजको फाइनल ओमसतिया २ स्थित कर्मडाँडा खेल मैदानमा दिउसो २ बजे देखि सुरु हुने खेल संयोजक विष्णु वराल मगरले बताए ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय बाहिस रुपैयाँ सहित ट्रफी, पदक, प्रमाणपत्र प्राप्त गर्नेछन भने भने उपविजेताले १ लाख १ हजार १ सय एघार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र ,पदक प्राप्त गर्नेछ । साथै विभिन्न विधाहरु सर्बोतृकष्ट खेलाडी, गोलकर्ता लगायत उत्कृस्ट खेलाडीले नगद सहित ट्रफी पाउनेछन् ।

Facebook प्रतिक्रियाहरु

Shree News Ok

Exit mobile version