श्रीन्यूज ओके रिपोर्टर। भैरहवा
रङै रङको पर्व फागु पुर्णिमा अर्थात होलीको अवसरमा रुपन्देही क्रीकेट संघको आयोजनामा होली मिलन कार्यक्रम आयोजना भएको छ्।
आइतबार संघको कार्यालय सिद्धार्थ रंगशालामा आयोजित कार्यक्रममा होली पर्वको शुभकामना दिदै प्रमुख अतिथी लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सिके गुप्ताले सामाजिक सदभावको पर्व फागु अर्थात होलिले सबैलाइ एकताबद्ध गराएको र सबैमा मित्रता भाइचारा अझ प्रगाढ भएको बताए ।
मन्त्री गुप्ताले रङ्ग लगाउने सङ भन्दा पनि रङ्ग बदल्ने सङ सतर्क हुनुपर्ने जनाउदै पहाडी क्षेत्रमा एक दिन र तराइक्षेत्रमा अर्को दिन होलि पर्व मनाउने प्रचलनले बिभेद देखिएको भन्दै देशै भरी एकै दिन पर्व मनाउने वातावरण संघीय सरकारले बनाउनु पर्ने बताए।
उन्ले रुपन्देही क्रीकेटको उर्भर भुमी रहेको जनाउदै क्रीकेटको पुर्बाधार बिकास का लागि प्रदेश सरकारले ५० लाख रुपैया बिनियोजन गरेको बताए । मन्त्री गुप्ताले खेल, खेलाडी लाई प्रबर्द्धन गर्न आफू लागि परेको भन्दै अबको २ बर्ष भित्र शिद्दार्थ रंगशालामा बाकी पुर्बाधार निर्माण गरि अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगिता आयोजना गर्न सक्ने गरि अघि बढनु पर्ने बताए । आफू पदमा रहे पनि नरहे पनि रुपन्देही को क्रीकेट तथा खेलकुद बिकासमा लागि रहने बताए ।
कार्यक्रममा रुपन्देही क्रीकेट संघका सस्थापक अध्यक्ष प्रेम कुमार सेन्चुरी, रुपन्देही क्रीकेट संघका सस्थापक कोषाध्यक्ष ऋषिकेष अग्रवाल, एभरेस्ट कत्था मिलका प्रबन्ध निर्देशक वसन्त रोक्का, दिपेन्द्र मान श्रेस्ठ लगायतले मन्तब्य राख्दै शुभकामना दिएका थिए ।
रुपन्देही क्रीकेट संघका अध्यक्ष हरि थापाको अध्यक्षता र सचिव सन्जय गुरुङको सन्चालनमा सम्पन्न कार्यक्रममा खेलाडी, प्रशिक्षक, संघका पदाधिकारी सदस्य , ब्यवसायी, नागरिक समाजका प्रतिनिधि लगायतको उपस्थिती थियो ।
