अर्जुन र विश्वासको जोडीलाई लन टेनिसको उपाधि 

श्रीन्यूज ओके रिपोर्टर ।भैरहवा


विजयादशमीको उपलक्ष्यमा आयोजना भएको रूपन्देही जिल्ला स्तरीय लन टेनिसको   उपाधि अर्जुन गुरुङ र विश्वास थापाको जोडीले हात पारेका छन् । बुटवल स्थित लनटेनिस कोर्टमा बुधबार सम्पन्न फाइनलमा गुरुङ र थापाको जोडीले मनोज थापा र बिपिन श्रेष्ठको जोडीलाई टाइब्रेकरमा पराजित गर्दै विजयादशमी कप लन टेनिसको उपाधि हात पारेको खेल संयोजक सञ्जय श्रेष्ठले बताए ।

 पहिलो सेटमा ३–६ अङ्कले पराजित भएका गुरुङ र थापाको जोडी दोश्रो सेटमा लयमा फर्कँदै ६–४ अङ्कले जित हात पार्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए । १–१ सेटले खेल बराबरी भए पछि उपाधि निर्णयका लागी टाइब्रेकरको मद्दत लिईएकोमा गुरुङ र थापाको जोडीले १०–८ अङ्कले जित निकाल्दै उपाधि हात पारेका हुन् ।

विजेता जोडीले ३० हजार रुपैयाँ तथा उपविजेता जोडीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगितामा इमरर्जिंङ प्लेयरको उपाधि विश्वास श्रीस र मोस्ट इम्प्रुभ प्लेयर बिबेक कुबर घोषित हुँदै पुरस्कृत भए ।

विजेता तथा उपविजेता साथै अन्य खेलाडीलाई प्रमुख अतिथि रूपन्देही टेनिस सङ्घका बरिष्ठ सल्लाहकार अब्दुल अहमद, विशिष्ट अतिथि नेपाली सेनाका कर्णेल मछिन्द्र थापा, सङ्घका उपाध्यक्ष रामु बिके, सदस्य अनिल सेन्चुरी, खेल संयोजक सञ्जय श्रेष्ठ लगायतले नगद पुरस्कार, पदक, ट्रफी, प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा ८ टिमको सहभागिता थियो ।

Facebook प्रतिक्रियाहरु

मनाेरञ्जन शर्मा

Exit mobile version